नेकपाका सांसद अक्कल बहादुर रावल बलात्कारको दुस्प्रयास पक्राउ

  • फाल्गुन २१, २०७६
  • कालापानी मिडिया
alt

कृतबहादुर विष्ट

धनगढी । नेकपाका सांसद एक महिलामाथि बलात्कारको दुस्प्रयास गरेको आरोपमा बुधवार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीकी एक बिबाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् ।

प्रदेश सभाका सदस्य रावलका बिरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो । जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले रावल पक्राउ गरेको स्वीकार गरे ।

रावल आफ्ना बिरुद्ध उजुरी परेपछि सोका बारेमा बुझ्न बुधवार आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको बताईएको छ ।महिलाको उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी बस्नेतले बताए ।

प्रहरीले बिहीवार रावललाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने बताएको छ ।रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्बाचित नेकपाका सांसद हुन् । उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन् ।

स्थानीय तहको निर्बाचनमा मेयरमा पराजित रावल प्रदेश सभाको निर्बाचनमा भने बिजयी भएका थिए ।रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । उनले आफूलाई फसाइएको जिकिर गरेका छन् ।

नेकपाबाट निर्बाचित सांसद तथा सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी महिलासंगको अनैतिक सम्बन्धका कारण मन्त्रीबाट बर्खास्त गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved