गोर्खामा जिप दुर्घटना, वडा सचिवको मृत्यु

  • फाल्गुन २२, २०७६
  • कालापानी मिडिया
alt

गोरखा । गोरखा धार्चे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार जिप दुर्घटना हुँदा वडा सचिवको मृत्यु भएको छ । गाउँपालिकाकी उपाध्यक्षसहित ७ जना घाइते भएका छन् ।

अपांगता परिचयपत्र वितरणका लागि आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेका जनप्रतिनिधि र कर्मचारी बोकेको बा १ च ५५०५ नम्बरको जिप बुधबार राति दुर्घटनामा परेको हो । घटनामा धार्चे गाउँपालिका–६ का सचिव किरण रिमालको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्याल्य, गोरखाका इञ्चार्ज सुकबहादुर बिकले जानकारी दिए ।

दुर्घटनामा उपाध्यक्ष फूलमाया गुरुङ, धार्चे गाउँपालिका–५ का शर्मिला गुरुङ, निशा गुरुङ, केरौजाका बालचन्द्र गुरुङ, लाप्राकका धनबहादुर गुरुङ, माछाखोलाका केयरसि‌ंह गुरुङ र काठमाडौंका सुरज नेपाल घाइते भएका छन् । यीमध्य चारको अवस्था गम्भीर ट्राफिक प्रहरी इञ्चार्ज बिकले जानकारी दिए ।

हाल स्वास्थ्य क्लिनिकमा राखिएका उनीहरूको थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ । यसका लागि सेनाको हेलिकोप्टर मगाएको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए । प्रहरीका अनुसार, अपांगता परिचयपत्र वितरणका लागि काशीगाउँतर्फ जाँदै गर्दा जिप दुर्घटनामा परेको हो ।

प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल भएर दुर्घटना भएको खुलेको छ । प्रहरीका अनुसार, जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved