आम निर्वाचनको सुरक्षाका लागि प्रहरीले माग्यो १६ अर्ब

म्यादी प्रहरीका लागि मात्र ७ अर्ब खर्च हुने

  • भदौ ८, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १५ अर्ब ९६ करोड रुपैयाँ माग गरेको छ।

देशभरका २२ हजार ५३४ मतदान केन्द्रको सुरक्षाका लागि प्रहरीले ७१ हजार ६९३ सुरक्षाकर्मी परिचालन गर्ने जनाएको छ। यसबाहेक थप सुरक्षाका लागि प्रहरीले एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेकप्रसाद राईले निर्वाचन सुरक्षार्थ खटिने प्रहरीको तलब भत्ता, खाना तथा खाजा खर्च र आवश्यक सवारीसाधन खरिद तथा भाडाका लागि आवश्यक बजेट माग गरिएको जानकारी दिए।

बजेट माग गरिएको मध्ये सबैभन्दा धेरै रकम म्यादी प्रहरीका लागि खर्च हुने जनाइएको छ। निर्वाचन सुरक्षाका लागि ४० दिन भर्ना हुने म्यादी प्रहरीका लागि तलब र आवश्यक सामग्री खरिदका लागि सात अर्ब ९१ करोड रुपियाँ आवश्यक पर्ने भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीबाट खटिने सुरक्षाकर्मीका लागि नियमित तलब, दैनिक भत्ता, खाना तथा खाजा खर्चका लागि चार अर्ब ९६ करोड रुपियाँ माग गरिएको छ। निर्वाचन सुरक्षामा परिचालन हुने प्रहरीलाई मतदान केन्द्रसम्म पु¥याउन र ल्याउनका लागि एक हजार ३७८ साना सवारीसाधन ९पिकअप० सहित ११६ वटा बस भाडामा लिने तयारी भइरहेको जनाइएको छ। निर्वाचन स्थलको सुरक्षा गस्ती तथा उम्मेदवारको सुरक्षार्थ खटिने प्रहरीका लागि एक हजार ५९८ वटा मोटरसाइकल आवश्यक पर्ने जनाइएको छ।

निर्वाचन सुरक्षाका लागि तत्काल आवश्यक ६८५ वटा विभिन्न प्रकारका सवारीसाधन तत्काल खरिदका लागि प्रहरी प्रधान कार्यालयले तीन अर्ब ४७ करोड ३५ लाख रुपैयाँ माग गरेको छ।

निर्वाचनलाई सुरक्षित र भयरहित रूपमा सम्पन्न गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेको छ।

उक्त सेलले देशभरका निर्वाचन केन्द्र तथा मतदान स्थललाई सुरक्षा अवस्थाको मूल्याङ्कन गरी अति संवेदनशील, संवेदनशील र सामान्य सुरक्षा चुनौतीका रूपमा वर्गीकरण गरी सोहीअनुसारको सुरक्षा रणनीति तयार गरिरहेको छ।

कैदीलाई पनि मताधिकार

आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पहिलो पटक कैदीबन्दीलाई मत हाल्न पाउने व्यवस्था गरिएको छ। देशभरका ७१ वटा कारागारमा विभिन्न अभियोगमा दोषी ठहर भई कैद सजाय भुक्तान गरिरहेका एक हजार ९५४ महिला कैदीबन्दी र २४ हजार ४७५ पुरुष कैदीबन्दी गरी जम्मा २६ हजार १२९ कैदीबन्दीलाई कडा सुरक्षाबीच कारागारबाटै मतदानको व्यवस्था मिलाइनेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved