मिस वर्ल्ड २०१९ टोनी एन सिंह नेपालमा

  • फाल्गुन २२, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । मिस वर्ल्ड २०१९ जमैकाकी टोनी एन सिंह मिस वर्ल्ड टिम सँग नेपाल आइपुगेकी छन् । उनीहरु संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको निमन्त्रणामा बिहीबार मध्यान्ह काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई मिस नेपाल २०१८ शृंखला खतिवडा र मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले स्वागत गरेका छन् ।

हिडन ट्रेजरले आफ्नो २५औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर मिस वर्ल्ड संस्था र यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । उनीहरुलाई द हिडन ट्रेजरको अग्रसरतामा मन्त्रालयले निमन्त्रणा गरेको हो ।

मन्त्रालयको निमन्त्रणामा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली , संस्थाका निर्देशक स्टीव डगलस र मिस वर्ल्ड २०१९ जमैकाकी टोनी एन सिंह ३ दिनका लागि पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् । उनीहरुले मार्च ५ देखी ७ सम्म नेपाल भ्रमण गर्नेछन् ।

उनीहरु नेपाल भ्रमणको क्रममा सन् २०१८ र २०१९ का मिस वर्ल्ड ‘ब्युटी विथ अ पर्पस’ पेजेन्ट विजेता शृंखला खतिवडा र अनुष्का श्रेष्ठको प्रोजेक्टहरु अवलोकन गर्न मकवानपुर र सिन्धुपाल्चोक जिल्ला जानेछन् । भने नेपालमा मिस वर्ल्ड कार्यक्रम आयोजना गर्न नेपालका सम्भाव्यताहरूको अवलोकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved