विद्यालय असपास धुमपान गरे १० हजार जरिवाना

  • फाल्गुन २२, २०७६
  • कालापानी मिडिया
alt

कुमार खड्का
मोरङ। सामुदायिक विद्यालय अन्र्तगतको विज्ञान संकायमा प्रदेशकै उत्कृष्ट विद्यालयको रुपमा रहेको पञ्चायत माविले आफ्नो ४० औँ वार्षिकोत्सव तथा बृहत विज्ञान प्रदर्शनि भव्य रुपमा थालनी गरेको छ ।

२०३६ सालमा स्थापना भएको विद्यालयले आफ्नो ४० औँ वर्षको यात्रा पार गर्दा १ नम्वर प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा उभ्याउन सफल भएको एक मात्र सामुदायिक विद्यालय हो । सोही उत्कृष्टतालाई कायम राख्दै विद्यालयले आफ्नो ४० औ वार्षिक उत्सवमा ३ दिने वृहत विज्ञान प्रर्दशनीको समेत आयोजना गरेको छ । पर्दशनी फागुन २३ गते सम्म चल्ने छ ।

प्रर्दशनीमा विद्यार्थीहरुले २ वर्ष सम्म सिकेको सैद्धान्तिक ज्ञानलाई व्यावहारमा उर्तादै स्थानिय स्तरमा पाईने वस्तुहरको प्रयोग गरि निर्माण गरिएका रोबट, ड्रोन, मिसाइल, भूतघर लगायतका ५० बढि स्टलहरु रहेका छन् । ३ दिने विज्ञान प्रर्दशनीको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले गरेका छन् । विज्ञान संकायमा प्रदेशकै उत्कृष्ट रहेको विद्यालयले कार्यक्रमको उद्धघाटन विद्यार्थीहरुले निर्माण गरेको रोवर्टले रिवन काटेर गर्नु मन्त्रि घिमिरेले गरेका थिए । विद्यार्थीले नै निर्माण गरेको ड्रोन द्वारा पुष्प बर्षा गरिएको थियो ।

मन्त्रि घिमिरेले आफु मन्त्रि भएर आए सगै आफ्नो पहिलो चुनौतिका रुपमा सामुदायिक विद्यालयको गुणस्तर अभिबृद्धि रहेको बताउदै विद्यालयको गुणस्तरलाई मध्य नजर गर्दै प्रदेश सरकारले विभिन्न निति तथा कार्यक्रम ल्याएको बताए । जस अनुरुप प्रदेश सरकारले सबै विद्यालयहरुमा अनिवार्य रुपमा पूर्व विद्यार्थी मञ्च, आमा समुह गठन गर्नुपर्ने अवधारणा ल्याएको मन्त्रि घिमिरले बताए । साथै घिमिरेले प्रदेश सरकारले सरकारी विद्यालय, सरकारी कार्यालय तथा सार्वजनिक स्थलमा धुम्रपान, मधपान पनि निषेध गरेको बताउए । साथै मन्त्रि घिमिरेले अभिभावकको रोजाइमा संस्थागत विद्यालयहरु पर्दै गएपछि नेपालीको प्रयोग कम हुदैँ गएको बताए ।

जसको कारण नेपाली भाषा नै संकटकको स्थितिमा पुग्ने खतरा बढ्दै गएको बताउदै मन्त्रि घिमिरेले अब संस्थागत विद्यालयको सुविधा सामुदायिक विद्यालयहरुले दिनु पर्नै धारणा राख्नु भयो ।
२३ गते सम्म चल्ने विज्ञान प्रदर्शनीमा स्टल अवलोकनका लागि छिमेकी पालिकाहरु र इटहरी, धरान, विराटनगर, दमक लगायतका ठाउँहरुबाट समेत विद्यार्थी तथा अभिभावकहरुको घुईचो लागको छ ।

सो अवसरमा विद्यालयले पूर्व विद्यार्थी सम्मान, अवकास प्राप्त शिक्षकहरु र यो शैक्षिक वर्षमा विद्यालय छाडेका शिक्षकहरुलाई सम्मान सहित विदाइ परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण, अक्षय कोष मार्फत गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण सहितको कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा शैक्षिक सत्र २०७६ को आर्थिक प्रतिवेदन तथा आगामी कार्यक्रम प्रधानध्यापक अर्जुन कुमार बुढाथोकीले प्रस्तुत गर्नु भएको थियो कार्यक्रम शुक्रवार समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved