काठमाडौं । राप्रपा र राप्रपा संयुक्त बीच केहीबेरमै एकताको सहमति पत्रमा हस्ताक्षर हुँदैछ । महाधिवेशनसम्म तीन जना अध्यक्ष रहने सहमतीमा राप्रपा र राप्रपा संयुक्तविच एकता हुन लागेको हो ।
कमल थापा नेतृत्वको राप्रपा तथा पशुपति सम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्त मिलेर राप्रपा बन्ने भएको छ । पार्टी एकतामा शनिवार नै हस्ताक्षर हुने राप्रपा स्रोतले जनाएको छ । एकतापछि राप्रपाले हिन्दुत्व र संवैधानिक राजतन्त्रलाई प्रमुख एजेन्डा मान्ने भएको छ । राप्रपाले उदारवादलाई आर्थिक नीति मान्ने भएको छ ।
त्यसै गरी सङ्घीयताको सट्टा सुदृढ स्थानीय शासनको पक्षमा राप्रपा उभिने भएको छ । यसअघि पनि राप्रपा एकताको प्रयास पटकपटक भएको थियो । तर नीति र नेतृत्व दुवैमा समस्या देखिँदै आएको थियो । जसको मूख्य कारक हो चुनाव चिन्ह । एकतापछि उपयुक्त निकायबाट महाधिवेशन अगावै चुनाव चिन्ह तय गर्ने सहमति भएसंगै दुई पार्टीविच एकता हुन लागेको राप्रपाका एक नेताले बताए ।
उनले भने, यसअघि हिजै शुक्रबार एकताको घोषणा गर्ने तयारी गरिए पनि छलफल नटुंगिएकाले आज दुइ पार्टी बीच एकताको हस्ताक्षर हुन लागेको हो । आगामी बुधबार एकता घोषणाको कार्यक्रम तय भएको छ । घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा आयोजना गरिने छ ।
दुई पार्टीबीच एकता व्यवस्थापन गर्न एक समिति पनि बनाइएको जनाइएको छ । उक्त समितिमा राप्रपाका तर्फबाट बरिष्ठ नेता दीपक बोहोरा, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री भास्कर भद्रा रहेका छन भने राप्रपा संयुक्तका तर्फबाट नेताहरु बिक्रम पाण्डे, श्याम तिम्सिना र ठाकुर शर्मा रहेका छन ।
केहीबेरमै एकता प्रकृयामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved