सुदूरका पहाडी तथा हिमाली जिल्लामा सातौ पटक हिमपात, जनजिवन प्रभावित

  • फाल्गुन २४, २०७६
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द
डोटी । बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी सदरमुकाम सिलगढीका डाँडा काडामा शुक्रवार रातिदेखि बाक्लो हिमपात भएको छ ।

डोटीसहित यहाँका अन्य पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डडेलधुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी सञ्चार शाखाले जनाएको छ । हिमपातका कारण सुदूरका पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । डोटीमा परेको यो सातौँ पटकको भएको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा दुई फुट हिमपात भएको छ भने । डोटीको खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथान, नापानी, मुस्ताल लगायतका क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईबस्तु चराउन समस्या भएको स्थानीयले जनाएका छन् । यद्धपी खेतबारीमा पर्याप्त पानी परेको भन्दै किसान भने हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved