फेरी अड्कियो राप्रपाको हलो

  • फाल्गुन २४, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा संयुक्त बीच हुने भनिएको एकता प्रक्रिया फेरी पनि रोकिएको छ ।

राप्रपा प्रवक्ता शुसिल श्रेष्ठका अनुसार, हिजो शुक्रबारै पार्टी एकीकरणबारे सहमतिपत्रमा हस्ताक्षर गर्ने सर्बत्र चर्चा भएपनि शनिबार बिहान १० वजे हस्ताक्षर गरिने भएको थियो । राप्रपा संयुक्तले थप केही छलफल आवाश्यक परेको भन्दै समय माग गरेपछि दिउसो एक बजेकालागि हस्ताक्षर सारियोे । तर त्यो समयपनि टरेको छ ।

प्रवक्ता श्रेष्ठले हाम्रो कालापानी संग कुरा गर्दै भने, महाधिवेशन अगावै चुनाव चिन्हको टुंगो लगाउने सहमति सहित शनिबार बिहान १० बजे हस्ताक्षर गर्ने समझदारी भएपनि राप्रपा संयुक्तका कारण अपरान्ह १ बजेसम्म सर्यो । तर यतिवेला सम्मपनि उहाँहरुले केही निर्णय दिन सक्नु भएको छैन । आँशा छ, रामै्र निणय गर्नु हुनेछ । हाम्रो तर्फबाट सबै तयारी भइसकेकाले उहाँहरुको प्रतीक्षामा छौँ ।

यतिवेला कमल थापा नेतृत्वको राप्रपा एकताकालागि लचक देखिएपनि राप्रपा संयुक्तले भने कुनै न कुनै बहाना देखाउदै पन्छिन खोजेको छ । बिगतमा पनि पटक पटक एकता गर्ने भन्दै चुनाव चिन्ह होस वा अन्य कुनै कारण देखाउदै एकता भाड्दै आएको राप्रपा संयुक्तले यतिबेलापनि चुनाव चिन्ह, केन्द्रीय समिति सदस्यको सङ्ख्या र केन्द्रीय कार्य सम्पादन समितिको सङ्ख्या निर्क्योलका बारेमा समस्या परेको भन्दै पछि हटेको जनाइएको छ ।

तर, यस विषयमा पनि राप्रपाको तर्फबाट भने कुनै समस्या नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार, तीन जना अध्यक्षले केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समूहको सङ्ख्या तोक्ने समझदारी भइसकेकाले समस्या छैन, पार्टी एकता गर्ने कि नगर्ने भन्ने राप्रपा संयुक्तको हातमा छ । उहाँहरुको मनमा के छ हामीलाई थाहा छैन, तर हाम्रोतर्फबाट कुनै समस्या छैन।’ हामी पार्टी एकता हुनेमा आँशावादी छौ, श्रेष्ठले भने ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved