काठमाडौं । राप्रपा र राप्रपा संयुक्त बीच एकताको सहमति पत्रमा केहीबेरमा हस्ताक्षर हुँदैछ । यसअघि शनिवार दिउसो नै हस्ताक्षर गर्ने सहमति भएकोमा पार्टीको अन्तरिम विधानका सम्बन्धमा कुरा नमिल्दा ढिला भएको थियो । अब भने त्यसमा पनि सहमति जुटेपछि लाजिम्पाटस्थित लप्सी गार्डेनमा दुबै पार्टीका अध्यक्षहरुले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गर्दैछन् ।
यसअघि शुक्रबार एकताको घोषणा गर्ने तयारी गरिए पनि छलफल नटुंगिएकाले आज दुइ पार्टी बीच एकताको हस्ताक्षर हुन लागेको हो । आगामी बुधबार एकता घोषणाको कार्यक्रम तय भएको छ ।
घोषणा कार्यक्रम भने राष्ट्रिय सभागृहमा हुने जनाइएको छ । यता एकता पत्रमा हस्ताक्षर हुन थालेसंगै नेता तथा कार्यकर्ताहरु हर्षित देखिएका छन् । उनिहरुले बिगतका दिनमा जस्तो फुटेर होइन मिलेर अगाडी बड्न सुझाव दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved