काठमाडौं । राप्रपा र राप्रपा संयुक्त बीच एकताको सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
यसअघि शनिवार दिउसो नै हस्ताक्षर गर्ने सहमति भएकोमा पार्टीको अन्तरिम विधानका सम्बन्धमा कुरा नमिल्दा ढिला भएको थियो । त्यसमा पनि सहमति जुटेपछि लाजिम्पाटस्थित लप्सी गार्डेनमा दुबै पार्टीका अध्यक्षहरुले पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।
एकता घोषणा समारोह भने अगामी बुधबार राष्टिय सभा गृहमा हुने भएको छ । एकतापछि महाधिवेशनसम्मका तीन जना अध्यक्ष रहने छन् । कमल थापा नेतृत्वको राप्रपा तथा पशुपति सम्सेर राणा र डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्त मिलेर एकीकृत पार्टीको नाम राप्रपा रहेको छ ।
एकतापछि राप्रपाको प्रमुख एजेन्डा संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र हुने भएको छ । राप्रपाले सम्वर्द्धनवादलाई आफ्नो मूल नीति मान्ने भएको छ । राप्रपाले उदारवादलाई आर्थिक नीतिमा निरन्तरता दिने र सङ्घीयताको सट्टा सुदृढ स्थानीय शासनको पक्षमा उभिने भएको छ ।
एकता व्यवस्थापन गर्न एक समिति पनि बनाइएको जनाइएको छ । उक्त समितिमा राप्रपाका तर्फबाट बरिष्ठ नेता दीपक बोहोरा, बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री भास्कर भद्रा रहेका छन भने राप्रपा संयुक्तका तर्फबाट नेताहरु बिक्रम पाण्डे, श्याम तिम्सिना र ठाकुर शर्मा रहेका छन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved