बैतडीमा जीप दुर्घटना ,चालकको मृत्यु

  • फाल्गुन २५, २०७६
  • कालापानी मिडिया
alt

जनक साउद, बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत बैतडीको पाटनमा आइतवार बिहान जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दार्चुलाको दुहु गाउँपालिकाका ३५ बर्षीय धनसिंह बडाल रहेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । घाइते हुनेहरुमा दार्चुला दुहु ४ कै २३ बर्षीय सुरेन्द्र बम, ३८ बर्षीय हरक सिंह बडाल, ४१ बर्षीय प्रेम बल्लब जोशी , ४१ बर्षीय धन राज जोशी , २० बर्षीय हेमन्ती बम र २२ बर्षीय द्रोपती जोशी रहेका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । सुरेन्द्र, हरक,प्रेम र धनराजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको जिल्लामा उपचार हुन नसक्दा अन्यत्र रेफरको तयारी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धनगढीवाट दार्चुला जादैं गरेको अनटेष्ट (१२५७) जिप आइतवार बिहान २ बजे दशरथचन्द राजमार्ग अन्र्तगत बैतडीको पाटन नगरपालिका ६ पनतोलीमा दुर्घटनामा परेको हो । जिप सडकबाट २५० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved