बैतडीमा चितुलाले फेरि ज्यान लियो

  • फाल्गुन २७, २०७६
  • कालापानी मिडिया
alt

जनक साउद, बैतडी ।
बैतडीमा चितुवाको आक्रमणबाट फेरी एक बालिकाको ज्यान गएको छ । ओछ्यानमा सुतीरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका वडा नं ९ का पदमराम लुहारकी ८ बर्षीय छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ । ओछ्यानबाटै लुहारलाई चितुवाले लगेको र ५ सय मिटर पर सीताको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

चितुवाको आक्रमणबाट मृत्यु भएकी सीता अपांगता भएकी व्यक्ति रहेको बुझिएको छ । चितुवाले आक्रमण गर्दा घर परिवार र अन्य छरछिमेकले होहल्ला गर्दागर्दै चितुवाले सीतालाई ओछ्यानबाटै लगेको हो । आज बिहान ४ बजेतिर सो घटना भएको प्रहरीले जनाएको छ ।

यही फागुन २१ गते राती पनि चितुवाको आक्रमणबाट शिवनाथ गाउँपालिका ४ खडितका १५ बर्षीय बालक हर्कबहादुर साउँद घाइते हुनुभएको थियो । २०६८ साल यता बैतडीमा नरभक्षी चितुवाको आक्रमणबाट २५ जनाको ज्यान गईसकेको छ । चितुवाले ओछ्यानबाटै बालिका लगेपछि स्थानीयहरु थप त्रासमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved