बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते

  • फाल्गुन २८, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । बाँकेको एक चप्पल कारखानामा आगलागी हुँदा १ जना गम्भीर घाइते भएका छन् । बुधबार बिहानबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अमरजित सिंहले जानकी गाउँपालिका-३ मा सञ्चालन गरेको जयश्री सियाराम चप्पल कारखानामा बुधबार बिहान १ः१५ बजे आगलागी भएको हो ।
आगलागीमा सुरक्षा गार्ड दीपककुमार चौहान गम्भीर घाइते भएका छन् । शरीरका अधिकांश भाग जलेको अवस्थामा उद्धार गरेर उनलाई भेरी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

89113019_218030416056148_3534140674469265408_n

आगोले कारखानामा रहेका चप्पल, कच्चापदार्थलगायत जलेर नष्ट भएका छन् । यद्यपि, मेसिनलगायतका महँगा उपकरण भने जोगाउन सफल भएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले अनलाइनखबरलाई जानकारी दिए ।

गुलरिया, कोहलपुर, नेपालगञ्जलगायत स्थानबाट ६ दमकल मगाएर नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।‘तत्काल अन्य निकायसँग समन्वय गरेर हामी परिचालित भयौं र ठूलो क्षति हुनबाट जोगायौं,’ प्रहरी उपरीक्षक ओलीले भने ।

89473464_682076789268150_5199107669004124160_n

कारखाना सञ्चालक सिंहले आगलागीबाट आफ्नो कारखानामा रहेका ८-१० करोड रुपैयाँबराबरका मालसामान जलेर नष्ट भएको दाबी गरेका छन् । तर, प्रहरीले भने क्षतिको यकिन विवरण संकलनको काम भइरहेको जनाएको छ ।

विद्युत्त लाइन सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरे पनि खुलेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
संयुक्त टोलीले गर्यो ...

इनरुवा । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त ...

नारायणगढ-मुग्लिन सडक ...

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा शुक्रबार बिहान बस र हायस ठोक्किँदा मृत्यु हुनेको संख् ...

पुटिनलाई युक्रेनमा छ ...

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिहीवार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दि ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved