पच्चीस वर्षपछि ‘महापुरूष’ हेर्न हल पुगे कुलमान

  • कार्तिक २७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले फिल्म ‘महापुरूष’ हेरेका छन्।

उनले आफ्नी श्रीमतीसँगै काठमाडौंको चावहिलमा रहेको एफएक्युब सिनेमाजमा पुगेर फिल्म हेरेका हुन्। मह जोडीको अभिनय रहेको र फिल्मलाई हेर्नेले राम्रो भनेकाले दर्शक बनेर विदाको समय सदुपयोग गरेको उनले बताए।

साँझ ५ बजेर १५ मिनेटको शोमा फिल्म हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले आफूलाई मन पर्ने सामाजिक विषयवस्तुमै फिल्म रहेको जानकारी दिए। उनले फिल्मले उठान गरेको कथावस्तु, कलाकारको अभिनयको प्रसंशा गरे। महापुरूष रुपी मानवको मन भित्र गुम्सिकेको वास्तविकतालाई देख्न पाएँको र

नोरंजनसँगै शिक्षा दिने पक्ष सशक्त रहेको प्रतिक्रिया दिए। निर्देशक घिसिङलाई दर्शकको रुपमा हलमा पाउँदा आफू उत्साहित भएको लेखक तथा निर्देशक प्रदीप भट्टराईले बताए। निर्माता दीपेश खत्रीले फिल्म मार्फत एकल अभिभावकको समस्यालाई उजागर गर्ने प्रयाश गरेको बताए। ‘एक्लोपनमा गुम्सिएका बुवाआमाको मर्म फिल्ममार्फत व्यक्त गरेका हौँ । महापुरूष नभई मानव बनेर बाच्न फिल्मले प्रेरित गर्नेछ’, निर्माता खत्रीले भने।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्ट लगायतले अभिनय रहेको छ। फिल्ममा एक्लोपनको कथा देखाइएको छ। षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन्।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी। गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गरेका छन्।

फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य ÷ शैलेश श्रेष्ठ, ध्वनि संयोजनमा अमित श्रेष्ठ, रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गत मंगलबारको भूकम्पल ...

काठमाडौं । गत मंगलबार दिउँसो बाजुरामा गएको भूकम्पले हालसम्म ४२ घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन ...

गृहमन्त्रीको नागरिकत ...

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ ...

मोडर्न कन्या कलेजमा ...

काठमाडौं । मोडर्न कन्या कलेज बानेश्वरमा बिधाकि देवी सरस्वतीमाताको पूजा अर्चना गरेर विद्यार्थीहरुले स ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved