काठमाडौं । मंसिर ४ गते निर्वाचन आइसक्यो । सबै पार्टी तथा उमेदवारले आफ्ना मतदाता रिझाउने कार्य भइरहेको छ । तर, झापामा भने हरेक दिन जसो बिभिन्न पार्टी छोडेर राप्रपा प्रवेश गर्नेहरुको लर्को लागेको छ । माओवादी, कांग्रेस एमाले लगायत पार्टी छाडेर राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको निति, सिद्धान्त र निष्ठा प्रति विश्वास बढेको भन्दै राप्रपामा प्रवेश गर्न खोजेको उनिहरु बताउँछन् ।
लिङदेन यतिवेला पार्टीको प्रचार प्रसारमा आफुलाई भोट दिनुस र आफुले जिते यो गरिदिन्छु उ गरि दिन्छु भन्दै आश्वासन बाट्दै हिड्नु पर्ने बेला । तर उनि यतिवेला पनि कहिले इलाम, कहिले मोरङ त कहिले आफ्नै जिल्ला झापामा पार्टी प्रवेशलाई निरन्तरता दिइरहेका छन् ।
उनि भोट माग्दैनन् बरु आाज सम्म मैले गरेको काम मन परे मात्रै मलाई भोट दिनुस भन्दै हिडेका छन् । कुनै नेतालाई गाली गलौच नगर्ने बरु थोरै समयमा आफुले गरेका विकासका गतिविधिको फेहरिस्त उनले मतदाता सामु पस्किने गरेका छन् । उनको यहि बानीका कारण मतदाता मात्रै होइन अन्य पार्टीका कार्यकर्ता समेत प्रभावीत हुन्छन्, र पो आफ्नो पार्टी त्यागेर राप्रपा प्रवेश गर्छन ।
मंगलबार मात्रै उनले झापाको कचनकवल ७ र भद्रपुर २ र ३ बाट गरि ठूलो संख्यामा महत्वपूर्ण व्यक्तित्वहरूलाई राप्रपा प्रवेश गराएका छन् । निर्वाचनको पूर्वसन्ध्यामा भइरहेको यो पार्टी प्रवेशले राप्रपालाई थप वल मिलेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved