काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुमै फराकिलो अग्रता कायम गरेका छन् । अहिलेसम्म १३ सय मतको गणना सकिँदा शाहीले ८४७ मत ल्याएका छन् । दोस्रो स्थानमा सत्ता गठवन्धनको समर्थन प्राप्त माओवादी उम्मेदवार गोमा गौतम कुँवर छिन् । उनको २८४ भोट आएको छ । एमाले उम्मेदवार रतननाथ योगी तेस्रो स्थानमा छन् ।उनले ६६ मत ल्याएका छन् ।
जुम्लामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । अघिल्लोपटकको चुनावमा यहाँ एमाले समर्थित माओवादी उम्मेदवार विजयी भएका थिए । अहिले कांग्रेस–माओवादी गठवन्धनलाई राप्रपाका शाहीले पछि पार्ने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved