काठमाडौं । दोलखाका १० वटा मतदान केन्द्रमा पुनस्निर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मंसिर १५ गतेभित्रमा १० वटा मतदान केन्द्रमा पुनस्मतदान गराउन लागेको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।
आयोगले पुनस् निर्वाचन मतदान गराउन दोलखा मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन समेत दिएको छ । यसअघि भएको मतदानलाई रद्द गर्दै मतदान गराउन भनेको हो ।
वैत्यश्वर गाउँपालिका-६का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका-३ हेल्थपोस्ट भवन क र ख, वडा नं ३ को कालीढुंगा मावि क, ख, ग मा मतदान हुने भएको हो । अन्य मतदान केन्द्रमा भने मतदान नगरिने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved