काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज ९शुक्रबार० बस्ने भएको छ ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने सचिवालयको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने बताउनुभएको हो । सोही बैठकमा समानुपातिक सांसद चयनको विषयमा विशेष रूपमा छलफल हुने उहाँको भनाइ छ ।
समानुपातिकतर्फ सबै भन्दा धेरै मत प्राप्त गरेको एमालेले प्रतिनिधि सभामा समानुपातिकबाट ३४ सिट पाउने भएको छ । निर्वाचन आयोगले बुधबार राजनीतिक दलहरुलाई पत्र पठाउँदै ३ दिनभित्र बन्द सूचीमा रहेका नामबाट समावेशी सिद्धान्त अनुसार सांसद बन्नेहरुको नाम दिन भनेको थियो ।
निर्वाचनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेकाले निर्वाचनको मत परिणामको समीक्षा समेत हुने एमालेले जनाको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved