काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुतानिक सांसदहरुको नाम टुंगो लगाएको छ । राप्रपाले पुरुषतर्फ पशुपतिशमशेर राणालाई सांसद बनाउने निर्णय गरेको छ ।
राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार पार्टीले अन्य सांसदहरुको टुंगो लगाएर नामावली निर्वाचन आयोगमा पठाइएको छ । राप्रपाले समानुपातिकमा पाएको ७ सिट मध्ये ५ सिटमा अनिवार्य महिला पठाउनुपर्ने छ भने २ जना मात्र पुरुष सांसद छनौट गर्न सक्नेछ ।
राप्रपामा प्रतिनिधि सभातर्फ प्रत्यक्षमा ७ र समानुपातिकमा ७ सिट पाएको छ। राप्रपाले केहि स्थानमा एमालेसँग तालमेल गरेको थियो। अघिल्लो निर्वाचनमा एक सिट जितेको राप्रपाले यसपटक थ्रेस होल्ड कटाएसँगै संसदमा १४ सांसद रहने भएका छन्।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved