जनताका संवेगशिल, योवनोतफुल्ल हिम्मती नेता हुन् राजा महेन्द्र

  • पुस १, २०७९
  • कालापानी मिडिया
alt

अनुपमा जोशी ।

वहुदलीय व्यवस्था माथि प्रतिवन्ध लगाएर पञ्चायती व्यवस्थालाई प्रजातान्त्रिक स्वरुपबाट पूर्ण जनताको सहभागिता जुटाउन सकेपछि राजा महेन्द्रले भनेका थिए “नेपालको सन्दर्भमा खराब नेतृत्वको कारण दलगत व्यवस्थाले जनता मात्र विभाजन गर्ने होइन देशलाई नैं विभाजन गराउन सक्छ ।” जुन आज शतप्रतिशत सत्य सावित भएको छ । देश बिभाजनको मोडमा छ । कुनै राजनितीक पार्टी वा दलका नेताहरुलाई यसको वास्ता छैन । सबै एउटा हड्डीको टुक्राको लागि भुस्याहा कुकुर जुधे झै लडिरहेका छन् । त्यसैले त राजा महेन्द्रद्धारा २०१७ सालमा निर्दल व्यवस्था लागू गरिएको रैछन । दलाल, भ्रष्टाचारी र विदेशीका गुसलामहरुले त्यसलाई जे सुकै नाम दिएपनि देशको अहिले सम्मकै ईतिहासको स्वर्णीम युगमा त्यस दिनलाई लिन सकिन्छ ।

राजा महेन्द्रको देश प्रेम, दुरदर्शीता, सहि समयमा सहि निर्णय लिन सक्ने गुण, देशलाई विकसित गर्ने ज्ञान, उनको कार्य क्षमता कार्य शैली, दक्षता, जनताको पीर मर्का र जनभावना बुझ्न सक्ने योग्यता अतुलनिय थियो । विश्वविद्यालय तथा ग्रामीण क्षेत्रहरुमा विद्यालयहरूको स्थापना, न्यायलयमा सुधार, नेपाल राष्ट्र बैंकको स्थापना, मौलिक धर्मसंस्कृतिको संरक्षण ,जातिय विभेद विरुद्ध मुलुकि ऐन को घोषण उनकै पालमा गरिएको थियो । भौगोलिक र क्षेत्रीय आधारमा राष्ट्रिय एकता र अखण्डताको सुरक्षा सहितको विकाश क्षेत्रको निर्धारण, तथा पञ्चवर्षिय योजनाको सुरुवातको जग स्थापना राजा महेन्द्रले नै गरेका थिए । बालाजु औद्योगिक क्षेत्र, हेटौँडा औद्योगिक क्षेत्र, वीरगञ्ज चिनी कारखाना, नेसनल ट्रेडिङ लिमिटेड, नेपाल आयल निगम, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरू, सबै उनकै पालामा स्थापना भएका थिए।

यनलाई आधुनिक नेपालको रचयिता वा पिता त्यतिक्कै भनिएको थिएन । उनि वहुआयामिक, विकासप्रेमि, तेजस्वी राजा थिए। उनको पालामा प्रजातान्त्रिक पद्धति ,औधोगीक क्रान्ति, राष्ट्रिय आधुनिकीकरण, कृषिमा क्रान्ति, सडक सञ्जाल को विस्तार भएको थियो । महेन्द्र राजमार्ग, पृथ्वी राजमार्ग र अरनिको राजमार्ग, जस्ता मुख्य सडकहरूको निर्माण उनकै पालमा भयो। पूर्व(पश्चिम राजमार्गमा राजा महेन्द्रको महत्त्वपूर्ण देन रहेको छ । जुन राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपर्दथ्यो। राजा महेन्द्रले विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्थाको अन्त्य गरेका थिए । राजा महेन्द्रले सुरुमा यो राजमार्ग निर्माणका लागि भारतलाई अनुरोध गरेका थिए। तर, भारतले नमानेपछि सोभियत सङ्घको सहयोग लिएका थिए। ढल्केबरदेखि पथलैयासम्मको सडक रुसले बनाइदिएपछि भारत पनि आकर्षित भएको थियो। ढल्केबरदेखि मेची खण्ड भारतले बनाइदियो भने हेटौँडा नारायणगढ खण्ड एसियाली विकास बैङ्क, नारायणगढ(बुटबल खण्ड बेलायत र बुटबल कोहलपुर खण्ड भारतको सहयोगमा निर्माण सम्पन्न भएको थियो। चीनले कोदारी राजमार्ग निर्माण गर्ने भनेपछि भारत तीव्ररूपमा आक्रोशित बनेको थियो। राजमार्ग निर्माण २०१६ सालमा भएको थियो। यसरी राजा महेन्द्रले आफ्नो कुटनीतिक चातुर्यता प्रयोग गरी चौतर्फीरूपमा वैदेशिक सहयोग हासिल गर्न सफल भएका थिए। शीत युद्धको समयमा नेपालले दुवै गुटसँग समदुरी कायम गर्दै दुवै पक्षबाट सहायता प्राप्त गरेको थियो।

"राष्ट्रियताको संवर्द्धनमा राजा महेन्द्रको भूमिका अविस्मरणीय छ। जतिबेला हिन्दी भाषाको नेपालमा अत्यधिक दबदबा थियो, उनले नेपाली भाषालाई राष्ट्रभाषाका रूपमा स्थापित गरेर यसलाई देशव्यापी बनाएका थिए। नेपाल राष्ट्र बैेंकको स्थापना गरेर राजा महेन्द्रले नेपाली मुद्रालाई अधिराज्यभरि अनिवार्य गरिदिएका थिए । जबकि त्यतिबेला नेपालमा ९० प्रतिशत भारतीय मुद्राको चलनचल्ती रहेको थियो।"

राजा महेन्द्रको गीत झै म मरे पनि मेरो देश बाँचिरहोस् । हो साँच्चिकै देशलाई आफ्नो प्राण भन्दा बढी माया गर्ने राजा मन्हेन्द्रले नेपालमा भारतीय हस्तक्षेप हटाउन मुख्य भुमिका खेलेका थिए । महेन्द्र राजा हुनु अगाडि नेपालमा राज्यका न्यूनतम् पूर्वधारहरू समेत थिएनन् । राजनीतिक, आर्थिक, प्रशासनिक सबै ढंगबाट नेपाल भारतमा निर्भर थियो । वि।सं। २००७ सालदेखि वि।सं। २०११ सम्मको भारतसितको आर्थिक निर्भरता ९५ प्रतिशत थियो । राजा महेन्द्रले त्यसलाई ६० प्रतिशतभन्दा तल झार्न सफल भए ।

अन्तर्राष्ट्रिय जगतमा नेपाललाई स्थापित गराउन राजा महेन्द्रले खेलेको भूमिका महत्त्वपूर्ण छ। संयुक्त राष्ट्रको सदस्यता दिलाउने देखि लिएर नेपाललाई शान्तिक्षेत्रका रूपमा स्थापित गराउने सोच उनैको थियो। पञ्चशील र असंलग्न परराष्ट्र नीतिको सिद्धान्तलाई अङ्गीकार गर्दै उनले छिमेकी देशहरूसित दौत्य सम्वन्ध बनाएर त्यसलाई सन्तुलनमा राखेका थिए। उनले तराईमा भारतीयले थिचोमिचो नगरून् भनेर झापादेखि कञ्चनपुरसम्म ठाउँठाउँमा नेपालीहरूको बस्ती बसालेका थिए भने, हतियार चलाउन जानेका भूपू सैनिकदेखि लिएर बर्माबाट लखेटिएका नेपालीहरूलाई आवास उपलब्ध गराएका थिए । २०१८ सालमा नवलपरासीको गैँडाकोटमा उनले ‘महेन्द्र राजमार्ग’ शिलान्यास गरेका थिए। भारतीय रुपियाँ नेपाली नोट सरह चलिरहेकामा उनले त्यसलाई बन्द गराएका थिए। स्थानीय परम्परा, धर्म-संस्कृति, रहनसहन, पर्व तथा भाषाहरू बचाउन उनले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर लगायतका संस्थाहरूलाई सक्रिय गराएका थिए। नेपाल स्वाधीन राष्ट्र हो भन्ने कुरा संसारलाई बुझाउन राजा महेन्द्रले ४५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना गरेर २०१२ सालमा नेपाललाई संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गराएका थिए।

२०२८ सालमा नेपाल तिब्बत सिमामा राखिएका भारतीय सैनिकका १७ वटा चेकपोष्टहरू हटाउने कार्य महेन्द्रले भारतविरुद्ध चालेको सबैभन्दा साहसिक कदमका रूपमा लिइन्छ। २०२६ सालमा सुर्यबहादुर थापालाई अपदस्थ गरेर कीर्तिनिधि विष्टलाई प्रधानमन्त्री बनाएर यस कामकालागि अघि सारे । भारतीय चेकपोस्ट हटाउने विषयमा उनी आफैँ संलग्न नभईकन कीर्तिनिधिलाई अघि सारेका थिए। कीर्तिनिधि विष्टले सुरुमा भारतलाई आफ्नो चेकपोस्ट फिर्ता लैजान अनुरोध गर्दै लिखित पत्र पठाएका थिए। नेपाल एउटा स्वाधीन राष्ट्र भएकाले विदेशी सैनिकको उपस्थिति हाम्रो र हाम्रा छिमेकीको हित अनुकलमा छैन भन्दै उनले पत्र लेखेका थिए। तर, भारतले यसमा कुनै सुनवाइ गरेको थिएन। त्यसपछि कीर्तिनिधिले विष्टले १९५० को मैत्री सन्धिको कुनै वैधानिकता छैन भनेर भाषण गरेका थिए। नेपालले आफैँ ती चेकपोस्टहरू हटाउने तयारी गरेपछि तत्कालीन भारतीय परराष्ट्रमन्त्री विनयसिंह नेपाल आए। सरकार आफ्नो अडानबाट पछि नहटेपछि यो विषय अन्तर्राष्ट्रियकरण हुने डरले भारतले ती चेकपोस्टहरू फिर्ता लगेको थियो । चेकपोस्ट हटाएको निहुँमा नै भारतले नेपालमाथि २०२८ सालमा नाकाबन्दी लगाइदिएको थियो । भारतीय नाकाबन्दीले ठूलो असर सिर्जना गर्न नसकेपछि भारत पछि हट्न बाध्य बनेको थियो। उनले नेपालमा भारतीय प्रभावलाई पहिलेको तुलनामा ४० प्रतिशतभन्दा तल झार्न सफल भएका थिए।

त्यसैले म भन्न चाहन्छु, राष्ट्र निर्माता पृथ्वीनारायण शाह पछिका राजा महेन्द्र नै हुन् जसमा मुलुक हाँक्न सक्ने क्षमता, दक्षता र चातुर्यता थियो । महेन्द्र त्यो राजा हुन् जसले विश्वको नजरमा नेपाललाई शिखरमा पु¥याए । देशमा गरिवि र भोकमरी देख्ना साथ कविता को माध्यमबाट पिडा पोख्ने उच्च कोटीका कवि हुन राजा महेन्द्र । जनताका संवेगशिल, योवनोतफुल्ल हिम्मती नेता हुन राजा महेन्द्र । अतिशय, माववीय निर्भिक र देशका उद्धारक हुन राजा महेन्द्र । संकटका घडिहरुमा उनले पटक पटक आफ्नो अतुल्य राजनीतिक चातुर्यको पर्दशन गरेका छन् । राजा महेन्द्रका निम्ति केही प्यारो थियो त त्यो हो नेपाल र नेपाली । उनि जनताका जनार्दन थिए । आफ्नो चलन र व्यवहारले राजा र प्रजाविचको पर्खाललाई तोड्ने राजा श्री ५ महेन्द्र अमर रहून।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved