काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३र३ रुपैयाँ घटाएको निगमले जनाएको हो ।
मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १ सय ७८ र डिजेल र मटितेलको प्रतिलिटर मूल्य १ सय ७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १ सय ८१ र डिजेल रमटितेल १ सय ७८ रुपैयाँ थियो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved