कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुने- राजेन्द्र लिङ्देन

  • पुस ७, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’

यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए । उनले अहिलेको गठबन्धनले बनाए पनि आफू प्रतिपक्षमा बसेर जनताका कामहरु गर्न तयार रहेको बताए। उनले पार्टीले सोचेजस्तो सिट अझै ल्याउन नसकेको पनि बताए।

उनले सरकार निर्माण र मन्त्रीका लागि मात्रै अकारण आफू सरकारमा नजाने बताए। अध्यक्ष लिङदेनले अबको सरकार हिजोको सरकार जस्तो बन्नु नहुने भन्दै जनमुखी काम गर्ने सरकारको आवश्यक्ता रहेको बताए।

उनले भने, ‘भनेजस्तो साथीहरु अझै ल्याउन सकिएन। हामी आफ्नो जिम्मेवारी पूरा गर्न तत्पर छौँ। देश र जनताको हीतमा आफ्नो भूमिका हिजो भन्दा आज अझ सशक्त राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार निर्माणको प्रक्रियामा आफूलाई अघि सारेको छैन। नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनोओस् भन्ने छ स्थिरताको लागि। नत्र अहिलेको गठबन्धनले बनाओस्, त्यो स्थिति नदेखिए हामी छलफल गर्नेछौँ। हामी सरकारमा जान अकारण समर्थन गर्दैनौं। सरकार निर्माण र मन्त्री पदका लागि मात्रै समर्थन गर्दैनौं । अब सरकार बन्दा हिजोको अवस्थामा फरक बन्नुपर्छ। सुशासन, सेवा प्रवाहका हिसावले आउने सरकारले फरक ढंगका हिसावबाट सरकार बन्नुपर्छ। त्यो ढंगमा मात्रै समर्थन हुन्छ।’

अध्यक्ष लिङदेनले सुशासन, सेवा प्रवाहका हिसावले आउने सरकारले फरक ढंग काम गरेमात्रै आफ्नो समर्थन रहने बताए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved