काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा तत्काल सरकारमा नजाने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेको राप्रपा तत्काल सरकारमा नजाने भएको हो ।
सर्वदलीय बैठकका लागि संसद भवन नयाँ बानेश्वर पुगेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्रीमा प्रचण्डलाइ समर्थन गर्ने तर आफूहरु सरकारमा नजाने बताएका हुन् । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि पार्टीले सरकार निर्माणमा सहयोगमात्र गरेकाले सरकारमा सहभागी हुन कुनैपनि सर्त नराखेको बताए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved