काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही पुस २५ गते संसदमा विश्वासको मत लिने भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित संसदको पहिलो अधिवेशन पुस २५ गतेका लागि बोलाएको छ । सोही दिन प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिने तयारीमा छन् ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।
दुई वा दुई भन्दा बढी दल मिलेर बनेको सरकारका प्रधानमन्त्रीले सपथ लिएको एक महिनाभित्रै संसदबाट विश्वासको मत लिनु पर्दछ । प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि सत्ता गठबन्धनमा रहेका दलहरुबीच अन्य पदहरुको बाँडफाँड हुने छ । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र प्रदेशका मूख्यमन्त्रीहरु बाँडफाँड हुनेछ ।
संविधानको धारा ७७ अनुसार निर्वाचनपछि
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved