कम्बोडियामा ज्यान गुमाएका पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन

  • पुस १६, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियामा आगलागीमा परेर ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले बिहीबार राति भएको आगलागीमा झापा बिर्तामोड नगरपालिका १ का निराकर पाण्डेसहित १९ जनाको निधनप्रति दु:ख व्यक्त गरेका हुन्।

उनले निधन भएका पाण्डेको परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्। मुख्यसचिव शंकरदास वैरागीलाई उनको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न सम्बन्धित निकायलाई परिचालन गर्न पनि निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ।

कम्बोडियाको एक होटलमा भीषण आगलागीमा परी पाण्डेको स्थानीय समयअनुसार बिहीबार राति ११ बजेदेखि लागेको आगोमा परी मृत्यु भएको हो। भिजिट भिसामा एक महिनाअघि कम्बोडिया गएका उनी बसेको होटल क्यासिनोमा आगो लागेपछि पाण्डेले १२ औं तलाबाट हाम फालेका थिए।

आगलागी सुरु भएपछि उनले घरमा फोन गरेर परिवारका सदस्यसँग कुराकानी गरेका थिए। आगलागीबाट बच्न नसक्ने निष्कर्षमा पुगेपछि उनले आफ्नो परिवारका सदस्यलाई भिडियो सन्देश पठाएका थिए।

घटनाक्रम र वस्तु परिस्थितिलाई हेर्दा पाण्डेले जलेर मर्नुभन्दा आखिर हाम फालेर मर्ने निर्णय लिएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
कमला ह्यारिसलााई ओबा ...

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उ ...

भारत र श्रीलंका एसीस ...

काठमाडौं । भारत र श्रीलंका एसीसी वुमन्स एसिया कपको फाइनलमा प्रवेश गरेका छन्। गएराति श्रीलंकाको रंगि ...

रुसमा जनसाङ्ख्यिकीय ...

एजेन्सी । क्रेमलिनले शुक्रबार रुसमा घट्दो जन्मदर उल्ट्याउन ‘कडा मेहनत’ गरिरहेको बताएको छ ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved