पार्टीका नेताहरू सत्ता-सत्ता भनेर मरिहत्ते गर्दैछन् - माधव नेपाल

  • पुस २०, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेताहरू सत्ता-सत्ता भनेर मरिहत्ते गरिरहेको टिप्पणी गरेका छन् ।

युवा संघ नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सरकारमा सहभागिताका लागि कसैले प्रस्ताव नै नगरेपनि पार्टीका नेताहरू सत्ताका लागि मरिहत्ते गरेको बताएका हुन् ।

अध्यक्ष नेपालले भने- ‘कसैकसैलाई सरकारमै जान हतार, सरकार बनाउँदा कसैले सोधेकै छैन, नीति तथा कार्यक्रम तर्जुमा गर्ने कुरामा कसैले मतलव नै राखेको छैन, त्यै पनि सरकारमा जान हतार । यी सबै कुराहरू भनेको के हो भने सत्ता, सत्ता, सत्ता बाहेक अरू केही नदेख्ने चिन्तन हो ।’
अध्यक्ष नेपालले आफ्नो पार्टीको चिन्तन सत्ताभन्दा भिन्न रहेको समेत बताएका छन् । उनले भने– ‘हाम्रो पार्टीको चिन्तन फरक छ । किन भने यो नयाँ स्वरूप लिएको क्रान्तिकारी पार्टी हो । यसको दिमागमा एउटै कुरा छ-देश र जनता ।’

अध्यक्ष नेपालले सरकारमा जाने वा नजाने भन्ने विषयमा निर्णय गर्ने समय रहेको र प्रधानमन्त्रीले विश्वासको मत लिने दिनसम्ममा निर्णय लिने समेत बताएका छन् ।

एकीकृत समाजवादीको भर्खरै स्थायी कमिटी र पोलिटब्युरोको बैठक सम्पन्न भएको छ । दुबै कमिटीको बैठकमा बहुमत सदस्यले सरकारमा सहभागी हुनुपर्ने भन्दै अध्यक्ष नेपालमाथि दबाब बढाए थिए । सोही विषयलाई लिएर अध्यक्ष नेपालले पार्टीका नेताहरू सत्ता-सत्ता भनेर मरिहत्ते गरेको टिप्पणी गरेका हुन् ।

एकीकृत समाजवादीको बैठकमा चार दिनसम्म सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल भए पनि अध्यक्ष नेपालले भने झै सरकार र सरकारमा सहभागी दलले एकीकृत समाजवादीलाई सरकारमा सहभागिताका लागि औपचारिक प्रस्ताव भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved