काठमाडौं । राजा ज्ञानेन्द्र शाहले वर्तमान राजनितिक उतारचढावप्रति आफू निरपेक्ष रहेको स्पष्ट पार्नु भएको छ । ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना दिदैँ शाहले राजनिती प्रति निरपेक्ष रहनु नै राजसंस्था
को मौलिक विशैषता रहेको उल्लेख गर्नु भएको हो ।
परनिर्भर र परावलम्बी हुदै गएको वर्तमान अवस्थामा स्वदेशी प्रगती नै नेपालीका निम्ति प्रिय हुने कुरा स्मरण गराउँदै सबैलाई आफ्नै मौलिक मान्यतामा अघि बढ्न समेत आग्रह गर्नु भएको छ ।
उँहाले राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र भएको बताउँदै सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख नहुने उल्लेख गर्नु भएको छ । पृथ्वी जयन्तीको अवसरमा राजा शाहले दिनु भएको सन्देश जस्ताको त्यस्तै ;
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट ३०१औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा वक्सेको शुभकामना ।
छिन्न भिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिंगो र सवल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय होइबक्सन्छ । नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लव हुदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ । हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहका दिव्योपदेशहरुलाई आत्मसाथ गर्दै मौशुफले दर्शाइवक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविस्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौं ।
बर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुदै गएका छौं । राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौँ– देश आफ्नै बाहुबलमा अघि बढोस, राष्ट्र आफ्नै मौलिक मान्यतामा आघि बढोस, सबै यत्न–प्रयत्न गतिविधी आफ्नै शैली ढाँचा तथा प्रकृयाबाट अघि बढोस । राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौं । सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरेपनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अंक तथा आकार प्रकारमा हाम्रो राजनीति आलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सहि प्रकारले पुनरावलोकन हुनु आवस्यक देखिन्छ ।
राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाहवंशीय राजसंस्था कहिले चुकेको छैन । हरेकका आ–आफ्ना राष्ट्रिय अवधारणा, अनुभुति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौं ।
जय नेपाल
२०७९ पुष २७
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved