काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आफै पार्टीको नेतृत्व गर्दै सरकारमा जाने भएका छन् । लिङ्देन उपप्रधानमन्त्रीसहित सात दलीय गठबन्धन सरकारमा सहभागी हुन लागेको राप्रपाका एक कार्यसंम्पादन समितिका सदस्यले जानकारी दिए ।
मन्त्रालय भागबन्डासम्बन्धी प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भएको छलफलमा भागबन्डाबारे मोटामोटी सहमति भइसके र सहमतिलाई गठबन्धन बैठकबाट अन्तिम रूप दिइएपछि मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने उनले बताए ।
ओली र प्रचण्डबीचको छलफलमा राप्रपाले मागेअनुसार उपप्रधानमन्त्रीसहित तीन मन्त्रालय दिनेबारेमा सहमति जुटेको बताइएको छ । राप्रपाले ऊर्जासहितका मन्त्रालय मागेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved