अदालतको पुर्जी लिएर सांसद चौधरीलाई कारागार लगियो

  • माघ २०, २०७९
  • कालापानी मिडिया
alt

धनगढी । बिहीबार पक्राउ परेका प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई जिल्ला अदालत कैलालीमा पेस गरी अदालतको कैदी पुर्जी लिएर प्रहरीले कारागार लगेको छ।

सांसद चौधरीलाई शुक्रबार कार्यालाय खुल्नासाथ १० बजे नै अदालत पेस गरिएको थियो।

फरार प्रतिवादीको सूचीमा रहेका चौधरी बाँकेमा बिहीबार पक्राउ परेका हुन्। चौधरीलाई कोहलपुरबाट पक्राउ गरिएको थियो।

चौधरी संसदीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेर कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। उनै प्रतिनिधि सभा सदस्य चौधरी विगत १० वर्षदेखि प्रहरीको फरार सूचीमा रहेका थिए।

उनलाई ट्याक्टर जलाएको सरकारीवादी फौजदारी मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाले करिब १० वर्ष पहिले ६ महिना कैद तोकेको थियो। तर, अदालतको उक्त फैसलाअनुसार उनले कैद सजाय भुक्तान नगरी फरार बनेका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
अविस्कार केन्द्रको न ...

काठमाडौं । राष्ट्रिय अविस्कार केन्द्रका सञ्चालक एवं अध्यक्ष महावीर पुनले आफूले अहिलेसम्म कसैलाई चन्द ...

स्ववियू निर्वाचन-पर् ...

पर्वत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअन्तर्गत पर्वतमा भएको एकमात्रै निर्वाचनमा नेविसंघ र अख ...

विद्यार्थि संगठनको ध ...

कञ्चनपुर । डिल्लीराज पन्त,त्रिभुवन विश्वविद्यालय संग सम्वन्धन प्राप्त क्याम्पसहरुमा स्वतन्त्र विद्या ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved