झापा । राजपरिवारका सदस्यहरूलाई अघि सारेर व्यवसायी दुर्गा प्रसाईंले आफ्नो महाअभियान सुरू गरेका छन् । आज मेची पुलमा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरबिक्रम शाहदेवबाट दीप बालेर पर्साइले महाअभियानको समुद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरबिक्रम शाहदेव, युवराज पारस शाह र अधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित हुनुहुन्थ्यो ।
प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यवसायीक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरू गरेका हुन् । मेचीपछि महाकालीमा र त्यसपछि काठमाडौंमा द्वीप बालेर महाअभियान अघि बढाउने उनको योजना छ । केही दिनअघि उनले काठमाडौंमा महाअभियानको कार्यालय उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहमा सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved