के आफ्नो पितालाई सुरक्षा दिनु युवराज पारसको गल्ति हो ?

राजसंस्था र राजालाई बद्नाम गरि देश बेच्न आतुर बिदेशी भरियाहरु भित्रको ठूलो षड्यन्त्र जनताले न देख्नु नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण हो ।

  • फाल्गुन ३, २०७९
  • कालापानी मिडिया
alt

अनुपमा जोशी,
फागुन १ गते, दुर्गा पर्साइले गरेको राष्ट्र, राष्ट्रियता, सनातन हिन्दु धर्म र संस्कृति जोगाउने मेचिकाली अभियानको समुद्घाटन कार्यक्रमममा श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीरबिक्रम शाहदेव, युवराज पारस शाह लगायत अधिराजकुमारीहरुको उपस्थिति भइरहदा त्यहाँको भिड नियन्त्रणमा थिएन । मौसुफलाइ नजिकै बाट हेर्ने इच्छा जो कोहीको पनि हुन्छ । तर त्यसको व्यवस्था र सुरक्षा पहिले बाटै हुनु पथ्र्यो त्यो त्यहाँ देखिएन । आयोजक पक्ष यस मामिलामा चुकेकै हो । अझ त्यहाँ तयनाथ सुरक्षाकर्मीले यस कुरामा चनाखो भएर बस्नु पथ्र्यो त्यो कतै देखिएन ।

मौसुफको सवारिमा खटिएका सुरक्षाकर्मी र सिभिल गार्ड दुवै पक्ष भिभिआइपि क्लोज प्रोटेक्सन गर्ने कार्यमा चुके । सुरक्षा दस्ताले त्यहाँ उपस्थित भिडलाई भिभिआइपि सम्म पुग्न दिनु हुदैन थियो । किनक त्यस्तो भिडमा जुनसुकै र जस्तोसुकै पनि घटना हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा भिड नियन्त्रण नहुदा सम्म भिभिआइपिलाइ गाडीबाट बाहिर निकाल्नु हुँदैन भन्ने हेक्का सुरक्षाकर्मीमा किन देखिएन ? नेताहरुलाई सुरक्षा घेराभित्र राखेर स्टेजसम्म पुर्याउने सुरक्षाकर्मीहरुले राजालाई वेवास्ता गरेको देखियो । पहिलेबाटै सुरक्षा कडा पार्न नसकेका सुरक्षाकर्मीहरु उल्टै ठेलाम ठेल गर्दै गरेको देखिन्थ्यो ।

त्यहाँ सबै राजाबादी र राजसंस्था चाहिन्छ भन्नेहरु मात्रै थिए र छन् भन्न पनि त गार्हो थियो । किनकि त्यहाँ एउटा तप्का जसले हामीलाई राजा चाहिदैन दुर्गा प्रसाईं भए पुग्छ भन्दै नारा लगाउदै गरेको पनि सुनिन्छ । त्यत्रो भिडमा हामीले त्यो आवाज सुनिरहेका छौ भने त्यहि आवाज के युवराज पारसको कानमा पुगेन होला ? के उहाँलाई आफ्नो परिवारको रक्षा गर्नु मेरो कर्तव्य हो भन्ने सोच आउनु गलत हो र ? अझ श्री ५ महाराजधिराज ज्ञानेन्द्र सरकार माथि देशी तथा विदेशी शत्रुहरुको गिद्धे नजर छ । स्व. राजा बिरेन्द्रको बंशनास हुने गरी घटाइएको दरबार हत्या काण्ड जसको ज्वलन्त उदाहरण हो । जुन घटना फेरीपनि नहोला भन्न सकिन्न । यसबारे मैले धेरै व्याख्या गरिरहनु नपर्ला, किनकी यी हाम्रो देशका राजा र इमानदार नेताहरुमाथी पटक पटक भइरहेका घट्ना हुन् ।

विदेशी षडयन्त्रमै प्रहरी र सेनाको सुरक्षा घेरा भित्रै राजदरवार हत्याकान्डमा आफ्नो ठूलोबुबा श्री ५ महाराजधिराज बिरेन्द्रको सिङ्गो परिवारको हत्या गरि बंशनाश भएको आफ्नै आँखाले देख्नु भएका युवराज पारस शाहलाई उक्त भयावह अवस्थाको स्मरण पटक पटक भइरहन्छ र हुनु जायज पनि हो । फाल्गुण १ गते पनि असुरक्षा महशुस गर्दै आफ्ना बुवा र बहिनिहरुको बचावटकालागी उहाँले भिड हटाउन खोज्नु कसरी गलत हुन सक्छ ?
सेक्युरिटी सवारी मार्गभन्दा ८ मीटर माथी थियो । बिचको भाग राजाबादी र राजालाइ अनुहार देखाउन ठेलमठेलमै थिए । मौसुफको सुरक्षामा चुनौती देखिएपछि एउटा सन्तानले आफ्ना बुवालाइ भिडमा देख्दा के गर्नुपर्छ त्यो नदेख्ने सधै तिललाई पहाड बनाएर भ्युज बटुल्न खोज्ने युटुवे र केही मिडियाहरुलाई पश्न राजा सवारी हुने मार्गमा सुरक्षाकर्मीले खुल्ला राख्नुपर्ने की भिड ?

त्यो दृष्य फेरी हेर्नु होला युवराज पारस राजा (आफ्ना बुवा) गाडीबाट ओर्लिर्ने बित्तिकै राजाको सुरक्षामा आफै खटिनु भएको थियो । सुरक्षाकर्मिले गर्नु पर्ने काम युवराज आफैले गर्नु परेको थियो । त्यतिनै बेला राजा गाडीबाट ओर्लेर स्टेजतर्फ जाने क्रममा पछाडीबाट भिड निकै बढेर राजा भएको तर्फ हुत्तियो । त्यो हुत्याइमा प्रहरी अधिकृत हुत्तिएर युवराज पारस सँग ठोकिए भने युवराज पारस पनि हुत्तिएर झण्डै आफ्नो बहिनीसँग ठोक्किन पुग्नु भएको थियो । यदि युवराज पारस त्यहाँ हुनुहुन्थेन भने बहिनी र राजा दुबैजना पछारिने अवस्था थियो । भिड आफुसँग ठोकिएपछी युवराज पारसले फरक्क फर्किएर उक्त भिडलाई धकेल्नु भयो जहाँ सबैभन्दा अगाडि प्रहरी अधिकृत थिए । जसको शरीर र घाटिमा युवराजको हात पर्न गयो ।

अनियंत्रित भिडले आफैलाई धकेलेपछि आफ्ना बुवाको सुरक्षाकोलागि अलि ठेल ठाल गर्नुलाई अतिरंजित गर्नुको साटो छोराले पिता प्रति गरिनुपर्ने कर्तव्य र आत्मरक्षाका लागि गरेको एक जायज पहलको रुपमा बुझन जरुरी छ । युवराज पारसको ठाउँमा स्वयं म र तपाई हुनुहुन्थ्यो भनेपनि आफ्नो परिवारमाथी सुरक्षाकालागि गर्ने यहि नै हो । राजसंस्था र राजालाई बद्नाम गरि देश बेच्न आतुर बिदेशी भरियाहरु भित्र ठूलो षड्यन्त्र जनताले न देख्नु नेपाल र नेपालीका लागि दुर्भाग्यपूर्ण हो । र कोही माथी आरोप लगाउनु, कसैको दोष देख्नु तर कारण न देखाउनु मिडियाको कर्म होइन । मिडियाले तिललाई पहाड बनाउने पनि होईन । हेक्का रहोस यथार्थ विश्लेषण गर्नु नै पत्रकारिताको पेशागत धर्म हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved