काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएको छ ।
गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद भण्डारी बुधबार राति काठमाडौं बुद्धनगरस्थित आफ्नै निवासमा खाना पकाउने ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते हुनु भएको हो । घटनामा भण्डारीकी ८६ बर्षिया आमा हरिकला भण्डारी पनि गम्भीर घाइते हुनुभएको छ ।
दुवै जनालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको छ । सांसद भण्डारीको शरीरको ३० प्रतिशत भाग जलेको र उहाँकी आमाको शरीरको ७० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।
दुर्घटनालगत्तै दुवै जनालाई अस्पताल पुर्याएर आइसीयुमा भर्ना गरिएको हो । खाना खाएर सुतिसकेपछि राति साढे १० बजेतिर सिलिण्डर विष्फोट भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2023 - Kalapanimedia.com All rights reserved