विराटनगरमा ४ प्रर्दशनकारी पक्राउ, पक्राउबारे प्रहरीले सूचना लुकायो

  • चैत्र ५, २०७९
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रदेश १ को नाम खारेज गर्न माग गर्दै पहिचानवादी शक्तिले विराटनगरमा गरेको प्रदर्शनका क्रममा दुई जना घाइते भएका छन् ।

निषेधित क्षेत्र तोड्ने क्रममा प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर नेपाल प्रहरीका एक र सशस्त्र प्रहरीका एक जना सामान्य घाइते प्रदेश प्रहरी कार्यालय कोशीले जानकारी दिएको छ ।

प्रदर्शनका क्रममा चार जना प्रदर्शनकारी समेत पक्राउ परेका बताइएको छ । तर, प्रहरीले पक्राउ परेका प्रदर्शनकारीबारे सूचना लुकाएको छ । प्रदर्शनकारी पक्राउबारे सूचना सार्वजनिक हुँदा प्रदर्शनकारी झनै आक्रोशित हुने भन्दै सूचना लुकाएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रदर्शनकारीले नेताहरुले भने आफ्ना चार जना कार्यकर्ता पक्राउ परेका बताएका छन् । प्रदेशसभाले बहुमतको आधारमा प्रदेशको नाम कोशी कायम गरेको छ । कोशी नाम पहिचानको विपक्षमा रहेको भन्दै पहिचान पक्षधरले पुनः नामाकरणको माग गर्दै आज विराटनगरमा वृहत प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved