काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ ।
नेपाली कांग्रेसको तर्फबाट सरकारमा तीन जना मन्त्री नियुक्त गर्दै प्रधानमन्त्रीले आज बुधवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वाथ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीमा नियुक्त गरेका हुन् ।
गएको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले अहिलेसम्म नवौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । तर अहिलेसम्म पनि सरकारले पूर्णता पाउन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved