काठमाडौं । सरकारको नेतृत्व लिएको नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई पनि कारबाही हुने बताएका छन् ।
पूर्वसभामुख समेत रहेका महराले सरकार भित्र भएपनि वा बाहिर भएपनि सो प्रकरणका दोषीमाथि कारबाही हुने बताएका हुन् ।
उनले सो प्रकरणमा संलग्नहरुलाई कारवाही गर्ने कुरामा कुनै पनि खालको भेदभाव नहुने पनि उल्लेख गरे ।
उपाध्यक्ष महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिँदैमा वर्तमान सरकार नढल्ने दावी समेत गरे । राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि बहुमत रहेकाले वर्तमान सरकार कायमै रहने उनको तर्क थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved