काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गरेका छन् ।
आइतबारको संसद बैठकमा बोल्दै ओलीले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती दिदैं आफ्नो पालमा कुनै गडवडि नभएको बताएका हुन् ।
साथै ओलीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको दाबी गरे ।
उनले भने, ‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन । पछि अर्को सरकारको पालामा कागज फेरि यो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो ।’
यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ उनले भने ।
तीन दलका शीर्ष नेताहरू बैठक बस्दा सन्देह गरिएकोमा पनि ओलीले आपत्ति जनाए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved