काठमाडौं । राजा ज्ञानेन्द्र शाहले जनतालाई मुर्ख भन्दै तिनैलाई झुक्याएर आफ्नो स्वार्थसिद्ध गर्ने नेताहरुको प्रपञ्चको पर्दाफास भएको प्रतिक्रिया दिनु भएको छ ।
सोमबार सुदूरपश्चिमको धनगढीमा आयोजित नागरिक अभिनन्दन कार्यक्रममा बोल्दै राजा ज्ञानेन्द्र शाहले जनतालाई झुक्याएर आफ्नो मनपरि गरिरहेका नेताहरुको पर्दाफास भएको प्रतिक्रिया दिनुभएको हो ।
राजा शाहले नेपाली जनतालाई आफ्नो भू – भाग र आफ्नो राष्ट्रिय अस्तित्व हुँदा हुँदै शरणार्थी बनाएर अर्काको देशमा श्रम पसिना बगाउन पठाउदा हाम्रो इज्जत, गौरब सबै लोप भएर गएको बताउनुभयो । देशभित्रै बसौं, देश मै पसिना बगाउँ र आफ्नो पौरखले आफ्नै देश सपारौं भन्ने भावना हराउँदै गएको राजा शाहको धारणा छ ।
के नयाँ नेपाल भनेको यही हो रु के अग्रगामी भनेको पराबलम्बी नेपाल हो रु के नेपालको आफ्नो अस्तित्व छैन रु हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन रु भन्दै राजा शाहले प्रश्न समेत गर्नु भएको छ । उहाँले मुल्ुकमा देखिएको दारुण दृश्यले सबैको आँखा रसाउँदै गएको धारणा राख्नु भयो ।
राजा शाहले विकास र प्रविधीको युगमा हामीले आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र स्वतन्त्र सत्ताद्धारा आफ्नो युगानुकूल उन्नति गर्नुपर्नेमा जोड दिनुभयो ।
राजा शाहले भन्नु भएको छ, ‘आजको युग विकासको युग हो । आजको युग प्रविधीको युग हो । हामी आफ्नै श्रोत साधन आफ्नै सामर्थ्य र आफ्नै स्वतन्त्र सत्ताद्धारा आफ्नो युगानुकूल उन्नति चाहन्छौं । त्यसैले सोच्ने बेला आयो अब कुन के कस्तो राष्ट्रिय दृष्टिकोण हामीले लिने रु कस्तो प्रणाली पद्धति र परिपाटी हामीले अंगाल्ने रु सोचौं गहिरिएर सोचौं, अझ दिलै देखि सोचौं, नेपाली भएर सोचौं, नेपाल आमाको हावापानी माटो र मुटुलाई छोएर सोचौँ, देशभन्दा ठूलो अरु केही हुँदैन ।
राजा शाहले एमाले अध्यक्ष ओलीप्रति संकेत गर्दै आजको टड्कारो अवस्थालाई नदेखेको र नबुझेको जस्तो गरेर, कुरा बटार्दै अरुलाई अल्मल्याएर कोठे र ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविश्य नसप्रिने बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved