काठमाडौँ । नेपाली कांग्रेस सांसद चन्द्र भण्डारीले जलन केसमा धेरै ठूलो दर्द लुकेको बताएका छन् ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधि सभा बैठकमा भण्डारीले जलन केसको पीडा सुनाएका हुन् ।
गत फागुन ३ मा ग्यास लिक भएर आगलागी हुँदा घाइते भएका भण्डारीले भारतबाट उपचार गराएर फर्किएपछि आज पहिलो पटक संसदमा बोल्दै जलन केस देशभरि फैलिएको बताए ।
'जलन केसबाट मैले जुन परिस्थिति भोग्नुपर्यो, जुन शारीरिक अवस्थामा पुग्नुपर्यो । त्यो अवस्था धेरै नेपालीहरुले भोगिरहनु भएको छ । गत वर्ष १ सय १० जना मृत्युवरण गर्नुभएको थियो,' उनी भन्छन्, 'त्यसमा मेरो आमा थपिँदा १ सय ११ पुगेको थियो । जलन केस देशभरि फैलिएको छ । हामीले जसरी विज्ञानको विकास गरौं, गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा बिजुली पुग्यो ।'
ग्यास र बिजुलीको प्रयोग गर्नेबारे पाठ्यपुस्तकमा समावेश नगरेको भन्दै आगामी दिनमा उक्त कुरा राख्नुपर्नेमा जोड दिए ।
'हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । बच्चाहरु स्कुल जाँदा कसरी सडक क्रस गर्ने रु वा ग्यास कसरी बाल्ने वा बिजुली कसरी बाल्ने रु भनेर विश्वका अरु देशमा साना बच्चाले पढ्न पाउँछन् । तर हाम्रा विज्ञ, पाठ्यक्रम निर्माता कसैलाई पनि यसबारे ध्यान भएन,' सांसद भण्डारीले भने ।
जलन केसमा धेरै गरिब मान्छे पर्ने गरेको भन्दै यसमा धेरै ठूलो दर्द लुकेको उनले बताए ।' ग्यास उद्योगलाई स्वचालित रेगुलेटर राख्नुपर्छ । अर्को राख्नै पाइँदैन भनेपछि मर्ने केस नै कम हुन्छ । यसलाई कानुन बनाउनका लागि सभामुखमार्फत सरकारलाई आग्रह गर्न चाहेँ,' उनले भने ।
उनले आफ्नो उद्दार गरेको सरकार, सांसद र स्वास्थ्यकर्मीलाई धन्यवाद व्यक्त गरे । भण्डारीले भने, ुमलाई रेक्यु गरी यो अवस्थामा ल्याएर बोल्ने गराउने वर्तमान सरकार, माननीय सांसद ज्यूहरु, शुभचिन्तक ज्यूहरु र स्वास्थ्यकर्मी ज्यूहरु सबैलाई आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु ।ु
भेन्टिलेटरमा गएर आफू सौभाग्यले बाँचेको भन्दै उनले नेपालमै एउटा जलन अस्पताल बनाउनुपर्ने बताए । 'मलाई छिमेकी देशमा पठाउँदा मैले त्यहाँ डाक्टरसँग कुरा गर्दा विगतका तीन वर्षमा तीन जना मान्छे मात्र भेन्टिलेटरमा गएर बाँचेको रहेछन्,' भण्डारीले भने, 'त्यसमध्ये म एउटा नेपाल सौभाग्यले तपाईँहरूलाई भेट्न पाएका कारण बाचेर आएर बोल्दैछु । मैले प्रधानमन्त्रीलाई आउँदा आउँदै पनि अनुरोध गरेँ । हामीले एउटा हस्पिटल बनायौं भने एशियाको सबैभन्दा सबल हस्पिटल नेपाल बन्न सक्छ ।'
वातावरण र खर्चका हिसाबले एशियाको सबैभन्दा सबल हस्पिटल बन्ने सांसद भण्डारीको भनाइ छ । 'यसका लागि पहिला हामीले कीर्तिपुर र सुस्मले थामिरहेको छ । त्यहाँ अहिले एउटा भवनको आवश्यकता रैछ । अरु विरामीजस्तै हामीले जलनका बिरामीलाई पनि जोड दिन आवश्यकता रैछ,' भण्डारीले भने ।
सांसद भण्डारीले आफ्नो उपचारका लागि सरकारले गर्ने सहयोग अस्पताल बनाउन लगाउन सरकारलाई सुझाए ।
'म कीर्तिपुरबाट भारत जाँदा निदाएको थिएँ । त्यहाँ म सात दिनपछि ब्युजिएँ । मलाई सहयोग आएको रहेछ । त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग अस्पताल बनाउने कुरामा सहयोग होस्,' भण्डारीले भने ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved