यस वर्ष नेपाली अदुवाले उच्च मुल्य पायो

  • असार २, २०८०
  • कालापानी मिडिया
alt

सुनसरी । भारतीय मागमा भरपर्दै आएको पुर्वी नेपालमा उत्पादित अदुवाको मुल्य यस वर्ष राम्रो पाइएको छ । भारतीय मागमा आउने उतारचढावका कारण केही वर्ष यता देखि नेपाली अदुवाको मुल्यमा समेत उतारचढाव आइरहेको थियो । तर, यस वर्ष भने नेपाली अदुवाले उच्च मुल्य पाएको छ । विगतका तुलनामा अदुवाको मुल्य वृद्धिले रेकर्ड नै राखेको कृषि उपज बजार धरानको तथ्याँकले देखाउँछ । विगतका वर्षहरुमा अदुवाको मुल्यमा उतारचढाव हुँदै आएको थियो । केही वर्ष सम्म पनि अदुवाले मुल्य पाउन नसक्दा अदुवा खेती गर्ने किसानहरुले अदुवा बाली नै लगाउन समेत छोडीसकेका थिए तर यस वर्ष भने भारतमा अदुवाको माग अधिक भएसंगै नेपाली अदुवा उच्च मुल्यमा विक्री हुन थालेको छ । अदुवाले मुल्य पाएपछि अदुवा खेती गर्ने किसानहरु उत्साहित वन्न पुगेका छन । विगत लामो समय देखि अदुवा खेती गर्दै आएका धनकुटाको सागुरीगढी गाउपालिका वडा नम्बर ७ का कृषक पूर्णबहादुर राई यस बर्ष उच्चतम मूल्य पाएको सुनाउछन । उनले आफूले अदुवाको खेति गरे देखिको अहिले सम्म यति मुल्य कहिल्यौ नपाएको समेत वताए ।

धनकुटाको सागुरीगढी लगायतका क्षेत्रका अदुवा खेती गर्ने किसानहरुले कुनै वर्ष त भाउ नपाएर बारीमै कुहाउनु परेको तितो यर्थाथ समेत रहेको छ । तर यस वर्ष भने भारतमा अदुवाको माग अधिक भएपछि प्रति केजी २सय ५० देखि ३सय रुपैया सम्म पुगेको छ । व्यापारी विनोद कुलुङ राईले अदुवाको मूल्य बढ्दा कृषक र व्यापारी दुवैलाई फाइदा पुग्ने भएपनि नेपाली अदुवाको मूल्य बढ्ने र घट्ने भारतीय बजारमा भर पर्दै आएको वताए । भारतमा नेपाली अदुवाको माग बढेको समयमा नेपाली उत्पादनले राम्रो मुल्य पाउने समेत उनले जानकारी गराए ।

पुर्वी नेपालमा उत्पादित अदुवा गत वर्ष विक्री राम्रो भएपनि भारतीय बजारमा माग नभएका कारण मुल्य पाउन सकेको थिएन । त्यस समयमा कारोवार बढी भएपनि नेपालमै मात्र विक्री भएका कारण मुल्य पाउन नसकेको र यस वर्ष भारतमा माग भएकाले मुल्य बढेको कृषि उपज बजारका लक्ष्मण भट्टराई वताउछन ।

नेपाली अदुवा भारतीय मागमा भरपर्ने गरेका कारण मुल्यमा उतारचढाव हुदै आएको छ । भारतीय बजारमा नेपाली अदुवाको माग बढेको समयमा मुल्य समेत बढ्ेन गरेको छ । यसरी भारतीय बजारमा भर पर्नु पर्ने भएका कारण नेपाली अदुवाको मुल्य स्थीर नभई घटबढ हुने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved