न्यायाधीश भुवन गिरीलाई अदालतमै जुत्ता हान्ने पत्नी आरती पक्राउ

प्रहरी हिरासतमा आरतीको आमरण अनसन सुरु

  • असार १०, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरी पक्राउ परेकी छिन् । उनले गत शुक्रबार जिल्ला अदालत काठमाडौंमा श्रीमानमाथि जुत्ता प्रहार गरेकी थिइन् । आरतीले श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । त्यसकै पेशी बुझ्न जाने क्रममा आफैंले लगाएको जुत्ताले श्रीमानलाई हानेकी थिइन् ।

न्यायको माग गर्दै आरती आजबाट आमरण अनशनमा बसेकी छिन् । यही क्रममा उनी सहयोगी बिनु यादवसहित काठमाडौं महान्यायाधीवक्ताको कार्यालयमा प्रदर्शनका लागि पुगेकी थिइन् । सेतो सारी र खुट्टामा चप्पल नलगाइ महान्यायधीवक्ता कार्यालय अगाडि धर्ना दिन खोज्दा प्रहरीले उनलाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त सिंहदरबार पुर्यायो । आरतीसँगै बिनु पनि पक्राउ परेकी थिइन् । दुवैलाई आजै छोड्ने तयारी थियो । तर, त्यही बेला पूर्वन्यायाधीस गिरी पनि त्यहाँ पुगेका थिए ।

गिरीले अदालतमा जुत्ता खाएपछि प्रहरीमा श्रीमतीविरुद्ध अभद्र व्यवहारमा मुद्दा हालेका छन् । त्यसकै ताकेताका लागि उनी सिंहदरबार वृत्त पुगेका हुन् । त्यहाँ श्रीमतीसँग उनको जम्काभेट भएको थियो । प्रहरीकै अगाडि उनले श्रीमतीलाई तथानाम गाली गरेको स्रोतले बतायो । गिरीले आरतीमाथि आफूले अभद्र व्यवहारमा मुद्दा दिएका उनलाई रिहा नगर्न प्रहरीलाई दवाव दिए । गिरीको दवावपछि प्रहरीले आरतीलाई रिहा गरेन । उनलाई सिंहदरबार वृत्तकै हिरासतमा राखेको छ । आरतीले हिरासतमा नै अनशनलाई निरन्तरता दिएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved