रघुजी फिल्मसको ब्यानरमा बन्यो ‘केशरी’ टेलिसिरियल

  • असार १४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । असार १४– सामाजिक कथामा ‘केशरी’ रघुजी फिल्मसको ब्यानरमा सामाजिक कथामा टेलिसिरियल ‘केशरी’ निर्माण भएको छ ।

निर्माण युनिटले सिरियलको टिजर सार्वजनिक निर्माण जानकारी दिएको हो ।

टिजरमा नारी सेन्टिमेन्टलाइ देखाउन खोजिएको छ । सिरियलमा टाइटल भूमिका अर्थात ‘केशरी’ को रोल आशा भुषालले निर्वाह गरेकी छन् । थुप्रै चलचित्र, म्युजिक भिडियो तथा टेलिचलचित्रमा काम गरिसकेकी आशाको ‘केशरी’ को टिजरमा रहेको अभिनय जीवन्त देख्न सकिन्छ ।

उत्तम अधिकारीको लेखन तथा निर्देशन रहेको सिरियल नेपाल नेटवर्क टेलिभिजनबाट आगामी साताबाट प्रत्येक सोमवार साँझ ७ बजे प्रशारण हुनेछ । ‘केशरी’ले गाउँले जन जीवनको यथार्थ कथा बोल्ने लेखक तथा निर्देशक अधिकारीले बताए ।

‘केशरी’ मा आशा भुषालको अलावा लक्ष्मीनाथ तिमल्सिना, विनयराज पौडल, प्रदीपसिंह थापा, करुणा श्रेष्ठ, चण्डिका बस्नेत, रेशम फिरिरी, सुरज अधिकारी, समीर खनाल, स्मृति बस्नेत, डिम्पल खरेल, बिष्णु रोक्का लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved