काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले भारतीय गुलामहरुले देश चलाउँदै गरेको आरोप लगाएका छन् ।
उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेको र यसमा आफूले मात्रै विरोध गरेको र अन्य सबै जना मरेका लाशहरु हुन् भनि प्रश्न समेत गरेका छन् ।
उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछन् र म मात्र विरोधमा ? र म मात्र अदालतको अवहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’
उनले सामाजिक सञ्जालमार्फत आफूहरुलाई पुष्पकमल दाहाल प्रचण्डभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved