फिल्म गणपतिको गीत ‘टुकी झ्याप’ सार्वजनिक

  • असार २३, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । भदौ १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘गणपति’को गीत ‘टुकी टुकी झ्याप’ सार्वजनिक भएको छ । शुक्रबार आयोजित समारोहमा निर्माताले गीत सार्वजनिक गरेका थिए ।

गीतको भिडियोमा मुकुन भुषाल र वर्षा सिवाकोटीले नृत्य गरेका छन् । वर्षाले यो गीतमा मात्र क्यामियो रोल गरेकी हुन् । निशान भट्टराई, अनिष अधिकारी र रचना रिमालको स्वर रहेको गीतमा अनिष अधिकारीको शब्द तथा संगीत छ ।

कम्पोजर समेत रहेका अधिकारीले कुनै भट्टी पसल र जड्याहा पात्रको संवाद शैलीलाई गीतमा बुनिएको बताए । रिजाल एन्ड रिजालको प्रस्तुतिमा तयार भएको फिल्ममा भुषाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अन्जु महर्जन, पुष्कर गुरुङ, जयनन्द लामा, सुशिल पोखरेल लगायतका कलाकारको अभिनय छ ।

हरि लामा ‘घले’को छायांकन, कविराज गहतराजको नृत्य निर्देशन र बिपिन मल्लको सम्पादन छ । रामप्रसाद रिजालको प्रस्तुतिमा तयार भएको फिल्मको कार्यकारी निर्माता विज्ञान केसी र अरविन्द हुन् ।

सविन अधिकारीको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा अधिकारी र अशिम काफ्लेको पटकथा तथा संवाद छ । श्रीराम बालाजी फिल्मस्ले यो फिल्मलाई वितरण गर्दैछ ।

https://www.youtube.com/watch?v=1oqVNGyGbSA

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved