काठमाडौं । फुटपाथ तथा साना व्यापारीले काठमाडौं महानगरपालिका अगाडि विरोध प्रदर्शन गरेका छन् ।
महानगरले आफुहरुमाथि ज्यादती गरेको भन्दै स्वतन्त्र युवाहरुको समूहले विरोध प्रदर्शन गरेका हुन् ।
‘गरिखान देऊ’ भन्दै उनीहरुले महानगरपालिकका मेयर बालेन्द्र शाह९बालेन०ले चुनाव अगाडि ‘गरिबको चमेली बोलिदिने कोही छैन’ भन्दै गाएको गीत गाउँदै विरोध गरेका थिए ।
महानगरपालिकाका नगर प्रहरीहरुले फुटपाथ खाली गर्ने नाममा जीविकोपार्जन गर्ने मान्छेहरुलाई काठमाडौंमा टिक्नै नदिएको भन्दै विरोध गरेका सहभागीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved