राप्रपाले तोक्यो ९ सय नेतालाई तोक्यो भूगोलको जिम्मेवारी, को कहाँ (नामसहित)

  • श्रावण ४, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले संगठन विस्तारका लागि केन्द्रदेखि जिल्ला तहका ९ सय नेतालाई स्थानीय स्तरमा खटाउने भएको छ ।

देशका ७५३ स्थानीय तह र ६ हजार ६४३ वडा तथा प्रवासमा समेत राप्रपाले नेताहरू तोकेर जिम्मेवारी प्रदान गरेको हो ।

जिम्मेवारी प्राप्त गर्ने नेताहरूले आफूलाई तोकिएको भूगोलमा ६ महिनासम्म संगठन विस्तार र सुदृढीकरणका काम गर्नुपर्ने छ । भने उनीहरूले गरेका कामको अनुगमन तथा मूल्यांकन पार्टीका प्रदेश संयोजक र सह–संयोजकहरुले गर्नेछन् ।

जिम्मेवारी तोकिएका नेताहरूले भ्रष्टाचार र भ्रष्टाचारविरुद्ध पार्टीका अवधारणाहरूलाई प्राथमिकताका साथ राख्ने तथा नयाँ पुस्तालाई पार्टीमा जोड्ने विशेष अभियान सञ्चालन गर्ने काम गर्नेछन् ।

राप्रपाका तीन वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द, डा। प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणालाई भने भूगोल केन्द्रित जिम्मेवारी दिइएको छैन ।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले धरान उपमहानगरपालिकाको जिम्मेवारी लिएका छन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं १ पाएका छन्, जुन उनले चुनाव लडेको क्षेत्र पनि हो ।

यस्तै, डा। धवलशम्शेर राणाले नेपालगञ्ज, उद्धव पौडेलले विराटनगर, विक्रम पाण्डेले भरतपुर मोहन श्रेष्ठले गोरखा, ज्ञानेन्द्र शाहीले जुम्ला रेखा थापाले सुन्दर हरैचा बेलबारीको जिम्मेवारी पाएका छन् ।

file:///C:/Users/user/Downloads/raprapa.pdf

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विश्वभर ८२ लाख नयाँ ...

काठमाडौं । स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत वर्ष विश्वभर ८२ लाख नयाँ क्षयरोग (टीबी) का बिरामी पत्ता ...

तिहारको दोस्रो दिन ब ...

काठमाडौं : तिहारको दोस्रो दिन बिहीबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा पनि गरिँदैछ। ...

अन्नपूर्ण आधार शिविर ...

म्याग्दी : म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved