काठमाडौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा भरिया र कर्मचारी पक्राउ परिसकेका छन् ।
पक्राउ परेका भरिया सहित भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न उच्च अदालत पाटनले म्याद थपेको छ ।
राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा र यादव पराजुलीमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको जानकारी दिए । उनीहरुलाई विभागले आजै पक्राउ गरेको थियो ।
यसअघि सुन बरामद भएकै दिन गत बुधबार पक्राउ परेका छ जनामाथि १० दिन र त्यसको अर्को दिन पक्राउ परेका चारजनामाथि नौ दिनको म्याद थप गरी अनुसन्धान थालिएको थियो ।
.पक्राउ परेकाहरु भरिया र कर्मचारी मात्रै छन् तर वास्तविक मालिक र यसका लगानीकर्ता भने कता छन् केहि बोल्दैनन् र उनीमाथि अनुसन्धान पनि आलटाल रुपमा गरिन्छ ।
ठूला ब्यापारि र नेताहरुकै संलग्नामा हुने गरेको विगतको सुन तस्करी काण्डमा जस्तै यो काण्डमा पनि ठूलै गिरोहको हात रहेको देख्निछ तर उनीहरु पार्टी र नेताको छत्रछाँयामा बस्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved