जताजतै जुवाडे नै जुवाडे, खेल्ने र खेलाउनेको जेल सजाय बढाइयो

  • आश्विन २, २०८०
  • कालापानी मिडिया
alt

धनगढी । गत साउन १६ गते धनगढी बसपार्कको कलेल होटलबाट १० जना जुवाडे पक्राउ परे। वडा प्रहरी कार्यालय धनगढीको टोलीले कलेल होटलका सञ्चालक तेजबहादुर कलेलसहितका १० जनालाई पक्राउ गरेको थियो। उनीहरु एक लाख चार हजार ८१० रुपैयाँ नगद र २ गड्डी ताससहित पक्राउ परेका थिए।

पक्राउ पर्नेमा डोटीको पूर्वीचौकी गाउँपालिका–५ का योगेन्द्र ठगुल्ला, खड्क साउँद, पुरन खड्का, देवबहादुर खड्का, धनसिंह विष्ट, अमित बोहरा, दिपायल–सिलगढी नगरपालिकाका–६ का अविनाश कठायत, सुमित खड्का र कैलालीको गोदावरी नगरपालिका–३ का कुबेर खड्का थिए। त्यस्तै २०८० बैशाखमा धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीका ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत गरी १२ जनालाई पक्राउ परेका थिए।

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४७ हजार २ सय रूपैयाँ र ५ थान ताससहित पक्राउ गरेको थियो। यी त केबल प्रतिनिधि उदाहरण मात्र हुन्। यसरी जुवातास खेल्ने र खेलाउने समुह धनगढीमा मात्र नभएर प्रदेशभित्रै सक्रिय रुपमा देखा पर्ने गरेको छ।

होटल, घर तथा संघसंस्थाभित्रै जुवातास खेल्ने र खेलाउने समुहलाई प्रहरीले बेलाखबत पक्राउ गर्ने गरे पनि नियन्त्रण भने हुन सकेको छैन्। सुदूरपश्चिममा आर्थिक वर्ष २०७७र७८ मा जुवा खेल्न वा सट्टाबाजीका ५५ उजुरी प्रहरीमा दर्ता भएको अभिलेख छ। यो संख्या आर्थिक वर्ष २०७८र७९ मा ३१ तथा आर्थिक वर्ष २०७९र८० मा ३२ रहेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।
खेल्ने र खेलाउने दुबै अपराध
जुवातास खेल्ने र खेलाउने कार्यलाई नेपालको कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो। जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा नौ महिना कैदको व्यवस्था थियो।

तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ। उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ। दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ।
दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नु पर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

दिनेश खबर

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved