तिलक सिंह पेलाको देउसरा आइगै आयो बजारमा (भिडियो सहित)

  • आश्विन ५, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । पछिल्लो समयका चर्चित गजलरगीत ‘के लत बस्यो’, ‘हेर दिन ढल्यो’ का गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा अर्को नयाँ गीत आएकाउ छ ।

गीतकार हेमन्त विवशको रचना र पेलाको आवाजमा ‘देउसरा आईगै’ बोलको गीत ४ असोजमा सार्वजनिक गरिएको हो । यस गीतमा पेलाकै आवाज छ भने गीतको लयवद्ध पनि पेलाले नै गरेका हुन् । गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि)समावेश गरिएको छ।

मानसखण्डीय सभ्यता अत्यन्त बृहत् एवम् विशेष छ । यस सभ्यतामा सांस्कृतिक परम्पराभन्दा पनि अझै धेरै विशाल विषय वस्तुहरू प्रचलनमा रहीआएका भएपनि ५/७ मिनेटको म्युजिक भिडियोमा ती सम्पूर्ण परम्परागत दृष्यहरू समावेश गर्न असम्भव भएकाले तीमध्येका केही विशेष दृष्यहरू मात्र समावेश गरिएको पेलाको भनाई छ ।

मानस खण्डीयसभ्यताले हाल भारतको गढवाल, कुमाउॅ देखी कालि कर्णालीको उद्गम मानसरोवर सम्मको कला सॅस्कृति, परम्परा एवम् सभ्यतालाई जनाउने गरेको पेलाको भनाई छ ।

म्युजिक भिडियो तिलकसिंह पेलाको आफ्नै युट्युब च्यानल मार्फत हेर्न सकिने छ । जसको लिंक यहाँ राअिएको छ ।

https://www.youtube.com/watch?v=1rcGiKbTYCQ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved