नेपालीले नचिनेको यो अमुल्य औषधि, जस्ले महिनावारी गडबडी, क्यान्सर जस्ता ठूला रोगहरु निको पार्छ

  • आश्विन १०, २०८०
  • कालापानी मिडिया
alt

नेपाल जडिबुटीको खानी हो । यहाँ हरेक किसिमका रोगका औ षधि पाइन्छ । तर, औषधि चिन्न र प्रयोग विधिबारे भने निकै कमैलाई मात्रै थाहा हुन्छ । नेपालबाट जडिबुटी विदेश निर्यात हुने गरेको छ । नेपाल शहरभन्दा पनि ग्रामिण भेग धेरै भएको मुलुक हो । त्यसपछि वन, कान्लाहरु धेरै छन् । यि क्षेत्रमै धेरै औ षधीय गुण भएका बोटविरुवा, झारपात भेटिन्छ् । यी मध्येको एक हो बहुवर्षीय लहरायुक्त वनस्पति कुरिलो।

यो स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । कुरिलोमा काँडासहितको काण्ड र मसिना झुप्पादार पात हुन्छन् । यसका टुसालाई विशेषगरी तरकारीको रूपमा बढी प्रयोग गरिन्छ । जरालाई भने विभिन्न रोगको अचुक औषधिका रूपमा प्रयोगमा ल्याइन्छ । कुरिलोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियमसँगै अन्य विभिन्न विभिन्न पौष्टिक तत्व पाइन्छन् ।

कुरिलोको जराको चूर्ण बनाई नियमित खाएमा यौ’न दुर्बलता र स्तनजन्य रोगलाई फाइदा गर्छ । कुरिलोको नियमित सेवन गरेमा क्यान्सर हुने सम्भावना कम हुन्छ । साथै, क्यान्सर रोगीका लागि पनि यो फाइदाजनक छ । कुरिलोको जराको धुलो दूध वा मनतातो पानीसँग मिसाएर पुरुषले सेवन गरेमा वी’र्य बढ्छ । कुरिलोको नियमित सेवन महिलाका लागिसमेत फाइदाजनक हुन्छ । यसले शरीरमा ऊर्जा उत्पन्न गर्छ । ऊनीहरूमा यौ’न दुर्बलता हटाउन, महिनावारी गडबडी ठीक पार्नलगायत कामका लागिसमेत कुरिलो उपयोगी हुन्छ ।

कुरिलोलाई तरकारी वा सुप बनाएर नियमित सेवन गर्दा शरीरमा हुने विभिन्न दुखाइ सन्चो हुन्छ । कुरिलो सुत्केरीका लागि पनि उपयोगी छ । यसको सेवनले दूध नआउने समस्या समाधान गर्छ । कुरिलोको जरालाई बुद्धिवद्र्धक, अग्निवद्र्धक औषधिका रूपमा तथा दुर्बलता, शोक आदिको निवारकका रूपमा आयुर्वेदमा व्याख्या गरिएको छ ।

पाँच हजार बर्ष पुरानो औषधि
विश्वभर कुरिलोका ३०० प्रजाति पाइन्छन । तरकारीको रुपमा कुरिलोको व्यावसायिक खेती बढिरहेको छ । अमेरिकामा धेरै कुरिलो उत्पादन हुन्छ भने जापानले कुरिलो धेरै आयात गर्छ । भारत र नेपालमा पाँच हजार वर्ष अघिदेखि आयुर्वेदिक टोनिकमा यसको प्रयोग गरिंदै आएको पाईन्छ । पौष्टिक हुने र सजिलै पचाउन सकिने भएकाले विरामी तथा कमजोर व्यक्तिहरुका लागि यो लाभदायि हुन्छ ।

कुरिलोको कन्द (जरा) को धुलो विभिन्न खाद्य पदार्थ तथा पेयमा मिलाएर खाने चलन छ । आयुर्वेदिक तथा आधुनिक चिकित्सा पद्धतीमा यसको प्रयोग दिनदिनै बढीरहेको छ । गाईवस्तुको दुध वढाउन पनि यसको प्रयोग गरिन्छ । नेपालमा कुरिलोको जरा परम्परागत रुपमै धेरै रोगको औषधिका रुपमा र शक्ति दिने खाद्यका रुपमा खाने गरिएको छ ।

नेपालमा अहिलेसम्म पाईएका ८ प्रजातिका कुरिलो मध्ये पश्चिम नेपालमा पाइने प्रजातिको खेति बढी गरिन्छ । नेपालमा समुद्र सतहबाट एक सय ५० मिटर देखि दुई हजार एक सय मिटर सम्म कुरिलो पाईन्छ । सर्लाही, मकवानपुर, दाङ्ग, नेपालगञ्ज, बर्दिया, कैलाली, सल्यान र रुकुममा कुरिलोको खेती नै गरिएको छ ।

कुरिलोको बिउ कार्तिक अन्तिम देखि माघसम्म पाक्छ । बीउ रातो भएर पाकेपछि टिपीहाल्नुपर्छ । चिल्लो, उज्यालो, चम्किलो कालो बिउको उमारशक्ति बढी हुन्छ । यस्तो बीऊ टिपेको २ बर्षसम्म उम्रन्छ । कुरिलो लगाएको दोस्रो वर्षदेखि बीउ फल्न थाल्छ । माघ देखि बैशाखसम्म ३ भाग जंगलको मलिलो माटो, १ भाग वालुवा र १ भाग पाकेको गोबर मिलाएर २४ घण्टासम्म चिसोपानीमा भिजाएको बिउ नर्सरीमा रोप्नुपर्छ । पराल वा घाँसले छोपेमा चिस्यान रहने र झार कम आउने हुन्छ ।

तराइमा २ देखि ३ हप्ता पछि र पहाडमा ४ देखि ५ हप्ता पछि बिउ टुसाउन थाल्छ । विरुवा १५ देखि २० सेन्टीमीटरको भएपछि असार साउनमा तयारी जग्गामा सार्नुपर्छ । नर्सरीमा एक बर्ष भएको विरुवा रोप्दा राम्रो हुन्छ ।

टुसा सहितको जरालाई नर्सरीमा सारेर वा सिधै रोप्न पनि सकिन्छ । तर यसो गर्दा भन्दा बिउबाट रोपेको कुरिलो स्वस्थ र गुणस्तरको हुन्छ । घाम लाग्ने र गोबर मल हालेको ठाउँमा यो राम्रो हुन्छ । एक हेक्टर जग्गामा ५ टन जति मल हाल्नुपर्छ । साउनमा बिरुवा रोप्दा कम पानी भए पनि सर्छ । एक हेक्टरमा २० हजार देखि २७ हजार सम्म विरुवा रोप्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
शुक्रबारको विदेशी मु ...

काठमाडौं । आज २०८१ साल असोज ४ गते शुक्रबार सन् २०२४ सेप्टेम्बर २० तारिखका लागि नेपाल राष्ट्र बैंकले ...

प्रधानमन्त्री ओली आ ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राज्य अमेरिका भ्रमणमा जाँदै छन्। अमेरिकाको न्यूय ...

ओमानसँग १ विकेटले पर ...

काठमाडौं । नेपाल आइसिसी विश्वकप लिग(२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ। क्यानडाको क ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved