अझै आन्दोलनमै छन् राहत शिक्षक, प्राथमिकतामा परेन माग

  • आश्विन ११, २०८०
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रस्तावित शिक्षा विधेयकको विरोध गर्दै राजधानी आएका शिक्षकहरु मध्ये अधिकांश गत साता नै फर्के । सरकारसँगको सहमतिसँगै शिक्षक महासंघले आन्दोलन फिर्ता लियो । तर, राहत कोटाका शिक्षकहरु भने अहिले पनि राजधानीका सडकमा भौंतारिरहेका छन् । उनीहरुको आन्दोलनलाई न सरकारले वास्ता गरेको छ नत शिक्षाविद्हरुले नै जायज ठानेका छन् ।

गत शुक्रबार शिक्षक आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघ र सरकाबीच सहमती भएपछि महासंघले आन्दोलन फीर्ता लियो । तर, सहमतिप्रति राहत शिक्षकहरुले चित्त बुझाएनन् र उनीहरुले आन्दोलनलाई निरन्तरता दिए । ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र २५ प्रतिशत खुला प्रतिष्पर्धाबाट भर्ना गर्ने सहमतिप्रति राहत शिक्षकहरुको विमति छ । उनीहरु शत प्रतिशत स्वतः स्थायीको अडानमा छन् ।

राहत शिक्षकहरुका मागलाई शिक्षाविद्हरु पनि जायज ठान्दैनन् । शिक्षाविद् बालकृष्ण लुईटेल मानवीय हिसावले उनीहरुका माग जायज भएपनि कानूनी हिसाबले ठीन नभएको जिकिर गर्नुहुन्छ । उनीहरुले भने झैं मागको सम्बोधन गर्ने हो भने त्यसले कानूनको विश्वशनियतामाथि नै प्रश्न खडा गर्ने लुईटेल बताउनुहुन्छ ।

राहत शिक्षका माग स्वतः स्थायी गर्नुपर्ने मात्रै छैनन् । उनीहरुले राहत शिक्षकको सेवा प्रवेशको अवधि जोडेर बढुवा, ग्रेड थप, निवृतिभरण, उपदान पाउनु पर्ने, आन्तरिक प्रतिष्पर्धाबाट विस्थापितलाई विशेष सुविधा दिएर बिदा गर्नुपर्ने रिनुपर्ने र विद्यालय शिक्षासम्बन्धी ऐन जारी भएपछि स्थायी प्रक्रियाबाट शिक्षक पदपूर्ति गर्नुपर्ने लगायत माग उनीहरुका छन् । तर, प्रतिष्पर्धा नगर्ने राहत शिक्षक सुवासचन्द्र यादव बताउनुहुन्छ ।

शिक्षाविद् लुईटेल भने आन्दोलनकै बलमा उनीहरुका माग पूरा हुने वा समस्याको समाधान हुन नसक्ने बताउनुहुन्छ । उपदान लिएर बिदा हुने वा प्रतिष्पर्धामा सामेल हुने बाहेक अन्य विकल्प नभएको लुईटेल बताउनुहुन्छ ।

राहत शिक्षकहरुको सेवा प्रवेश राजनीतिक पहुँचको आडमा भएकोमा शंका छैन । राजनीतिक पहुँचको आडमा सेवा प्रवेश गर्ने र प्रतिष्पर्धाबाट छनौट हुनेहरु सरहको हक अधिकार खोज्नु प्राकृतिक नियमको पनि विपरित हुन्छ ।

rahat sixak

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved